४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेडियो कपुरकोटको वार्षिक उत्सव: विद्यालयलाई फिल्टर वितरण, कर्मचारि र विज्ञापनदातालाइ सम्मान

५ बैशाख २०७६, बिहीबार १४:५०

बैशाख ५, सल्यान । सूचना तथा प्रविधिको विकासले रेडियो सुन्ने श्रोत केहि घटेको मान्न सकिएला । तर रेडियोको महत्व घटेको कुरा स्वीकार गर्न सकिदैन । सहज पहुँच भएको कारण सूचनाको भरपर्दाे साधन रेडियोलाइ मान्न सकिन्छ । अहिले पनि गाउँवस्तीमा धेरैले रेडियो सुन्छन् र रेडियोको महत्व घटेको छैन भन्ने कुराको पुष्टि सल्यानको रेडियो कपुरकोटको वार्षिक उत्सवले पनि गर्छ ।


बुधबार नवौँ वर्ष पुरा गरेर दशौँ वर्षमा प्रवेश गरेको रेडियो कपुरकोट एफएम १०६.१ मेगाहर्जले हजारौँ दर्शकहरुको विचमा वार्षिक उत्सव मनायो । उत्सवमा आउनेहरु सबै रेडियोबाट खबर गरेको भरमा आएका थिए । बुधबार साँझ अवेर सम्म भएको कार्यक्रममा महत्वपूर्ण ब्यक्तिहरुले समाज रुपान्तरण र समुदायको हितका लागी रेडियोको भुमिकाको विषयमा चर्चा गरे भने कलाकारहरुको विभिन्न प्रस्तुतीमा दर्शकहरु नाचे, गाए र रमाए । स्वच्छ पानी स्वस्थ जीन्दागानी भन्ने नाराको साथ विद्यालयलाइ फिल्टर वितरण देखि नियमित विज्ञापन दाता, रेडियोका पूर्व पदाधिकारि र कर्मचारिलाइ सम्मान र पुरस्कृत गर्ने सम्मका कार्यक्रम सम्पन्न भए ।


रेडियोका अध्यक्ष तथा प्रदेशसभा सांसद् स्वर्गिय ओलीके सम्झना

गाउँवेशी सूचना केन्द्र सल्यानद्धारा सञ्चालीत रेडियो कपुरकोटको वार्षिक उत्सवमा सवारि दुर्घटनामा परि ज्यान गुमाएका रेडियो सञ्चालक समितीका अध्यक्ष तथा प्रदेश ५ का सांसद् स्वर्गिय उत्तर कुमार ओलीको सम्झना पनि गरियो । दाङ क्षेत्र नम्बर ३ ख बाट निर्वाचीत सांसद् ओलीको गत फागुन १० मा उपचारको क्रममा निधन भएको थियो । स्

वर्गिय ओलीकी धर्मपत्नी विमला ओलीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले समाजलाइ जागरुक र चेतनशिल बनाउन रेडियोले महत्वपूर्ण भुमिका खेल्ने र मिडियाको विकासमा ओलीले दिएको योगदान अतुलनिय रहेको चर्चा गरे । समुदायलाइ सूसूचीत गर्ने कार्यमा एक आपसमा सामुदायीक रेडियोको समन्वय हुनुपर्ने बताउँदै कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले रेडियोको लागी आफ्नो तर्फबाट निरन्तर सहयोग हुने जनाए ।

कार्यक्रममा दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर के सी अरुण, कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तिला बुढा, सहाहित्यकार भद्रसिंह बुढा, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रीय सदस्य शुक्रराज भण्डारी, सामुदायीक वन उपभोक्ता महासंघ कर्णालीका अध्यक्ष घनश्याम शर्मा, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी, महासंघकै केन््रीय प्रतिनिधी वामदेव अधिकारि, सामुदायीक रेडियो प्रशारक संघ प्रदेश नम्बर ५ का सचिव संगित बस्याल, रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी, उद्योग वाणिज्य संघ सल्यानका सदस्य कमल घर्ती, मावि किमुचौरका प्रअ सिट्टिसाप विष्ट, खेलकुद विकास समिती कपुरकोटका कोषाध्यक्ष मित्र कठायत लगाएतले बोल्दै राष्ट्रिय स्तरका मिडियाले उठाउन नसकेका साना भन्दा साना सवाललाइ सामुदायीक रेडियोले उठाउनुपर्ने बताएका थिए ।

वार्षिक उत्सवमा फिल्टर वितरण

यसैविच रेडियोले वार्षिक उत्सवको अवसरमा कपुरकोट गाउँपालिकाभित्रका ५ माध्यामिक विद्यालयलाइ फिल्टर समेत वितरण गरेको छ । रेडियोका कार्यकारि प्रमुख सन्तोष घर्तीले स्वच्छ पानीः स्वस्थ जीन्दागानी भन्ने नाराका साथ विद्यालयलाइ फिल्टर वितरण गरिएको जनाए ।

पानी स्वच्छ भयो भने धेरै किसीमका रोगबाट बच्न सकिने र पूर्ण सरसफाइ अभियानमा सहयोग पुर्याउने उद्देश्यले फिल्टर वितरण गरिएको उनले जनाए । नेपाल राष्ट्रिय मावि किमुचौर कालिका मावि कपुरकोट, भवानी मावि छायाँनाथ, जीवनज्योती मावि रीम, विरेन्द्र मावि गर्पालाइ फिल्टर वितरण गरिएको हो ।

पुरस्कार र सम्मान

यस्तै वार्षिक उत्सव समारोहमा लामो समयदेखि समाचार प्रमुखको रुपमा रहेर काम गरिरहेका शंकर के सीलाइ सम्मान सहित नगद १० हजार रुपैयाँ सहित पुरस्कृत पनि गरिएको थियो । यस्तै रेडियोका पूर्व अध्यक्ष घनश्याम शर्मा, पूर्व सचिव मधुसुदन गिरी, नियमित विज्ञापनदाता विपना हजुरको कपडा पसल सल्लेखोला सल्यान, हिलसाइड टेक्नीकल कलेज तुलसिपुर दाङ, दिपक इन्टरप्राइजेज लुहाम सल्यान, रेडियो कार्यक्रममा सहकार्य गर्ने दार्मा गाउँपालिका सल्यान, वनस्पति अनुसन्धान केन्द्र सल्यानलाइ मायाको चिनो रेडियो उपहार प्रदान गर्दै सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा गायीका विन्दु परियार, लोक दोहोरी गायक गोपाल नेपाल जिएम, प्रेम विवश घर्ती लगाएतका कलाकारले सांस्कृतीक प्रस्तुती राखेका थिए भने आफ्नै देशमा परिश्रम पोखेमा आत्मनिर्भर बन्न सकिने शन्देश सहितको स्टेज नाटक पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ