पुस्तक दिवसलाई पुस्तक बाँडेर मनाईयो

Posted on: 17 Apr, 2016

13043622_813231485487978_7213119411206259259_nराष्ट्रिय पुस्तक दिवसको अवसरमा जिल्ला सदरमुकाम कुश्माका विद्यार्थीलाई पुस्तक वितरण गरिएको छ । सदरमुकाममा रहेका सामुदायिक तथा नीजि विद्यालयमा पुगेर जिल्ला शिक्षा कार्यालयका पदाधिकारीहरुले विद्यार्थीहरुलाई पुस्तक वितरण गरेका हुन् ।

पुस्तक वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक, शिक्षासेवी, पत्रकारहरु समेतको सहभागीता थियो । पुस्तक दिवस मनाउने क्रममा पुस्तक वितरण कार्यक्रमको आयोजना विद्यालयहरुले आफ्नै परिसरमा गरेका थिए । सदरमुकामका सामुदायिक विद्यालयहरु नारायण उमावि र श्री शिवालय नमूना उमावि साथै नीजि विद्यालयमा समेत पुस्तक वितरण कार्यक्रमको आयोजना गरिएको जिल्ला शिक्षा कार्यालयका कर्मचारी झलक शर्माले बताए ।

शिवालय उमाविमा करीव ५०० जना विद्यार्थीलाई पुस्तक वितरण गरिनेछ । शिवालय उमाविमा आयोजना गरिएको पुस्तक वितरण कार्यक्रममा बोल्दै जिशिअ रमेशराज पौडेलले जिल्लामा पुस्तकको कुनै अभाव नभएको दावी गरे । जिशिअ पौडेलले जिल्लामा विद्यालय पठनपाठनबाट छुटेका बालबालिकाको संख्या एकदमै न्यून रहेको बताउदै करीव ८०० जना विद्यार्थी विद्यालय भर्नाबाट बञ्चित रहेको उल्लेख गरे ।

सोही उमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम उपाध्यायले पुस्तक वितरण मात्र नगरी सम्वन्धित निकायले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा चासो राख्नुपर्ने भनाई राखे । जिल्लामा १ देखि १० कक्षा सम्म अध्ययनरत विद्यार्थीको संख्या करीव ३५ हजार रहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांक छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!