प्रेमले बनायो अपराधी : बदला लिन खोज्दा प्रहरी फन्दामा

Posted on: 17 Apr, 2016

indexपर्वत, जिल्ला प्रहरी कार्यालय पर्वतले नक्कली आइडी बनाएर अश्लील कुरा गर्नेलाई पक्राउ गरेको छ । जिल्लाको खौला लाकुरी १९ बर्षिया सारदा कुवँरले अरुको फोटो राखी नक्कली आइडी बनाएर अश्लील कुरा गर्दै आइरहेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले उनलाई उनकै घरबाट पक्राउ गरेको हो  ।

पाङराङ ७ बस्ने बर्ष २० की कुश्मा कुमारीको (नाम परिर्वतन) नाममा फेक आइडी बनाएर कुरा गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनले सानी काली शुसिला नामको नक्कली आइडी बनाएर पीडित कुश्मा कुमारीको फोटोसँग अरुको फोटो जोडेर फेसबुकमा राख्ने गरेको पीडितले चैत्र २८ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले उनको खोजी गरीरहेको थियो ।

प्रहरी निरीक्षक दिपक पातलिको कमाण्डमा खटिएको अनुसन्धानको टोलीलिे यहि बैशाख ३ गते कुवँरलाई पक्राउ गरेको थियो । पक्राउ परेका कुवँर र ठापाठाना बस्ने सुवर्ण पौडेलसँग विगत एक बर्षबाट मन पराइरहेको र पौडेल र कुश्मा कुमारी नजिकको साथी भएकाले दुइ जनाको सम्बन्ध विर्गानको  तथा बदला लिने भावनाले यस्तो गरेको अनुसन्धानमा खुल्न आएको छ ।

  कुवँरलाई थप अनुसन्धानको लागि हिरासतमा लिइएको र विद्युतिय कारोबार अन्तरगत सार्वजानिक अपराध सम्बन्धी अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!