२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रेमले बनायो अपराधी : बदला लिन खोज्दा प्रहरी फन्दामा

२०७३, ५ बैशाख आईतवार १४:५१

indexपर्वत, जिल्ला प्रहरी कार्यालय पर्वतले नक्कली आइडी बनाएर अश्लील कुरा गर्नेलाई पक्राउ गरेको छ । जिल्लाको खौला लाकुरी १९ बर्षिया सारदा कुवँरले अरुको फोटो राखी नक्कली आइडी बनाएर अश्लील कुरा गर्दै आइरहेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले उनलाई उनकै घरबाट पक्राउ गरेको हो  ।

पाङराङ ७ बस्ने बर्ष २० की कुश्मा कुमारीको (नाम परिर्वतन) नाममा फेक आइडी बनाएर कुरा गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनले सानी काली शुसिला नामको नक्कली आइडी बनाएर पीडित कुश्मा कुमारीको फोटोसँग अरुको फोटो जोडेर फेसबुकमा राख्ने गरेको पीडितले चैत्र २८ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले उनको खोजी गरीरहेको थियो ।

प्रहरी निरीक्षक दिपक पातलिको कमाण्डमा खटिएको अनुसन्धानको टोलीलिे यहि बैशाख ३ गते कुवँरलाई पक्राउ गरेको थियो । पक्राउ परेका कुवँर र ठापाठाना बस्ने सुवर्ण पौडेलसँग विगत एक बर्षबाट मन पराइरहेको र पौडेल र कुश्मा कुमारी नजिकको साथी भएकाले दुइ जनाको सम्बन्ध विर्गानको  तथा बदला लिने भावनाले यस्तो गरेको अनुसन्धानमा खुल्न आएको छ ।

  कुवँरलाई थप अनुसन्धानको लागि हिरासतमा लिइएको र विद्युतिय कारोबार अन्तरगत सार्वजानिक अपराध सम्बन्धी अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन