३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लुङ्गखुमा आइतबार देखि एम्बुलेन्स सेवा शुभारम्भ

६ बैशाख २०७३, सोमबार ०४:३३

ambulanbceपर्वत, लुङ्गखु ।नेपाल सरकारद्धारा प्राथमिक स्वास्थ्य केन्द्र लुङ्गखु पर्वतलाई उपलब्ध एम्बुलेन्सको आजदेखि  एक समारोहका विच शुभारम्भ गरिएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७२ ÷७३ को बजेट अन्र्तगत सो एम्बुलेन्स प्राप्त भएको हो ।

एम्बुलेन्स सञ्चालन पश्चात लुङ्गखु, पाखापानी, बालाकोट, फलामखानी, भोक्सिङ्ग र कुर्घा लगायतका ९ गाविसका जनताहरुको स्वास्थ सेवामा पहुँच अभिवृद्धि हुनेछ । एम्बुलेन्स शुभारम्भ समारोहमा बोल्दै प्रमुख अतिथि सांसद विकास लम्सालले यस क्षेत्रका जनताको समस्यालाई मध्यनजर गर्दै एम्बुलेन्स ल्याउनको लागि आफुले समेत पहल गरेको बताउदै विकास निर्माणका कामहरुमा दलिय पूर्वाग्राहलाई त्यागेर सवै पाटी एकबद्ध हुन सके थप सुविधाहरु आउन सके बताउनुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाली काग्रेस पर्वतका सचिव विश्व प्रकाश प्रसाईले २०४८ सालमा नेपाली काग्रेसको सरकारको निति तथा कार्यक्रम अनुसार स्थापित लुङ्गखु प्राथमिक स्वास्थ केन्द्रमा २०७२ सालमा काग्रेसकै नेतृत्वको सरकारको निति तथा कार्यक्रम अनुसार एम्बुलेन्स सञ्चालनमा आएको बताउनुभयो ।

उहाँले एम्बुलेन्सको दिगो सञ्चालनको लागि यस क्षेत्रको कच्ची सडकको स्तरउन्नति हुन जरुरी भएकोले आफ्नो पाटी त्यस तर्फ लागी पर्ने बताउनुभयो ।कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डाक्टर भवानी शमाले कर्मचारीले सरकारको निति र कार्यक्रमलाई कार्यान्वयन गर्ने हुँदा एम्बुलेन्सको दिगो सञ्चालनको लागि हरपल सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका क्षेत्रिय अध्यक्ष  भक्तराज सुवेदी,नेपाली काग्रेस लुङ्गखुका सभापति डिल्लीराम पौडेल, रेडक्रस सोसाइटी लुङ्गखु शाखाका उपसभापति कमलपति शर्मा,बालाकोट गाविस प्रतिनिधि कृष्णा गोपाल गुरुङ्ग,कुर्घा गाविस प्रतिनिधि भवानी शर्मा,पाखापानी गाविस प्रतिनिधि  टोल प्रसाद अधिकारी  पौडेल लगायतले त्यसक्षेत्रका स्वास्थ समस्या र सरोकारवालाको भूमिकाको बारेमा बोल्नुभएको थियो ।

कार्यक्रम एम्बुलेन्स सञ्चालन कार्यविधि तर्जुमा समितिका संयोजक जिवन उचै ठकुरीको अध्यक्षता,नेपाली काग्रेस पर्वतका जिल्ला सदस्य अशोक उचै ठकुरीको स्वागत एवंम प्राथमिक स्वास्थ केन्द्रका निमित्त प्रमुख नर बहादुर बरालको सञ्चालनमा सम्पन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’