२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-बढ्दो साइबर क्राइम

२०७३, ७ बैशाख मंगलवार ०२:४९

पछिल्लो समयमा विद्युतीय कारोबार अन्तरगतका साइबर क्राइमका घटनाहरु बढी मात्रामा बाहिर आइरहेका छन् । संचार प्रविधिको प्रयोग अहिलेको आधुनिक समाजमा नगरी सुखै छैन । यसो भनिरहदा विद्युतीय कारोवारमा अपराधका घटनाले तीव्रता पाउनु चिन्ताको विषय हो । बढ्दो विद्युतीय कारोबारमा खासगरी युवायुवतीहरुले सक्रिय सहभागिता जनाएको पाइन्छ ।

  नेपाली युवाहरुलाई सामाजिक संजाल अर्थात् फेसबुक कुलत सहर भएको छ । पछिल्लो समयमा सामाजिक संजालको प्रयोग दिनप्रत्येक दिन बढ्दै गर्दा सोको प्रयोगलाई गलत बनाईएको छ भने सोही अनुसार अपराधका घटना पनि बाहिर आएका छन् । कहिले हत्या भएका घटना त कहिले लुटपाट तथा कहिले  चरित्र हत्याका घटनाहरु बाहिर आएका  छन् । फेसबुकमा कसैको चरित्र हत्या, बदनाम, नैतिक पतनका क्रियाकलाप साथै हत्यासम्म  हुनेगरी उक्साउने काम गरिएको भेटिन्छ । विद्युतीय कारोवारबाट कसैको चरित्र हत्या हुने काम गरे साईवर अपराधमा राज्यले पक्राउ गर्ने भए पनि कार्यान्वयनको प्रक्रिया फितलो हुँदा पनि अपराधले फराकिलो दायरा बनाएको हो ।

    सामाजिक संजालको प्रयोग व्यवस्थित नहुदँ समाजमा पछिल्लो समय अप्रिय घटना हुन थालेका छन् जून गलत हो । सामाजिक संजालको प्रयोग सही रुपमा गर्न सक्ने हो भने यसबाट फाइदा लिन सकिने भएता पनि बदलाको भावना र अपराधिक मनासाय तथा प्रेमको विछोड र वियोगले यस्ता घटनालाई बढवा दिएको छ । केहि महिना अगाडी पोखरामा नेहा पुन,  काठमाडौंमा भेनिसा लिम्बुको हत्या नै भयो भने कतिपयले सामाजिक संजालको प्रयोग गरी लुटपाट तथा अनैतिक सम्बन्ध र यौनकाण्डसमेत बनाएर घरबार विहिन समेत तुल्याएका घटना बाहिर आएका छन् । पर्वतकै सन्दर्भलाई हेर्ने हो भने पनि साइवर अपराधका घटना दोहोरिने गरेको छ ।

    विद्युतीय कारोबार अन्तरगतको ऐन भएता पनि त्यसको बारेमा व्यापक प्रचारप्रसारको खाँचो देखिन्छ । समाजमा अपराधिक मनासायका मानिसको हावी हुनाले पनि  यस्ता घटनाले प्रश्रय पाएको छ । कतिपय साईवर अपराधका घटना जानेर भएका छन् भने कतिपय अन्जानमा साथै कसैको लहैलहैमा लागेर पनि हुने गरेका छन् । यस्ता घटनाको न्यूनिकरण गर्नको लागि सरोकारवाला निकायले आवश्यक कदम चाल्न आवश्यक छ । उचित समयमा उचित कदम चाल्नु आवश्यक छ भने अर्कोतर्फ अभिभावकले पनि आफ्ना बालबच्चामाथि निगरानी राख्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन