३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-बढ्दो साइबर क्राइम

७ बैशाख २०७३, मंगलवार ०२:४९

पछिल्लो समयमा विद्युतीय कारोबार अन्तरगतका साइबर क्राइमका घटनाहरु बढी मात्रामा बाहिर आइरहेका छन् । संचार प्रविधिको प्रयोग अहिलेको आधुनिक समाजमा नगरी सुखै छैन । यसो भनिरहदा विद्युतीय कारोवारमा अपराधका घटनाले तीव्रता पाउनु चिन्ताको विषय हो । बढ्दो विद्युतीय कारोबारमा खासगरी युवायुवतीहरुले सक्रिय सहभागिता जनाएको पाइन्छ ।

  नेपाली युवाहरुलाई सामाजिक संजाल अर्थात् फेसबुक कुलत सहर भएको छ । पछिल्लो समयमा सामाजिक संजालको प्रयोग दिनप्रत्येक दिन बढ्दै गर्दा सोको प्रयोगलाई गलत बनाईएको छ भने सोही अनुसार अपराधका घटना पनि बाहिर आएका छन् । कहिले हत्या भएका घटना त कहिले लुटपाट तथा कहिले  चरित्र हत्याका घटनाहरु बाहिर आएका  छन् । फेसबुकमा कसैको चरित्र हत्या, बदनाम, नैतिक पतनका क्रियाकलाप साथै हत्यासम्म  हुनेगरी उक्साउने काम गरिएको भेटिन्छ । विद्युतीय कारोवारबाट कसैको चरित्र हत्या हुने काम गरे साईवर अपराधमा राज्यले पक्राउ गर्ने भए पनि कार्यान्वयनको प्रक्रिया फितलो हुँदा पनि अपराधले फराकिलो दायरा बनाएको हो ।

    सामाजिक संजालको प्रयोग व्यवस्थित नहुदँ समाजमा पछिल्लो समय अप्रिय घटना हुन थालेका छन् जून गलत हो । सामाजिक संजालको प्रयोग सही रुपमा गर्न सक्ने हो भने यसबाट फाइदा लिन सकिने भएता पनि बदलाको भावना र अपराधिक मनासाय तथा प्रेमको विछोड र वियोगले यस्ता घटनालाई बढवा दिएको छ । केहि महिना अगाडी पोखरामा नेहा पुन,  काठमाडौंमा भेनिसा लिम्बुको हत्या नै भयो भने कतिपयले सामाजिक संजालको प्रयोग गरी लुटपाट तथा अनैतिक सम्बन्ध र यौनकाण्डसमेत बनाएर घरबार विहिन समेत तुल्याएका घटना बाहिर आएका छन् । पर्वतकै सन्दर्भलाई हेर्ने हो भने पनि साइवर अपराधका घटना दोहोरिने गरेको छ ।

    विद्युतीय कारोबार अन्तरगतको ऐन भएता पनि त्यसको बारेमा व्यापक प्रचारप्रसारको खाँचो देखिन्छ । समाजमा अपराधिक मनासायका मानिसको हावी हुनाले पनि  यस्ता घटनाले प्रश्रय पाएको छ । कतिपय साईवर अपराधका घटना जानेर भएका छन् भने कतिपय अन्जानमा साथै कसैको लहैलहैमा लागेर पनि हुने गरेका छन् । यस्ता घटनाको न्यूनिकरण गर्नको लागि सरोकारवाला निकायले आवश्यक कदम चाल्न आवश्यक छ । उचित समयमा उचित कदम चाल्नु आवश्यक छ भने अर्कोतर्फ अभिभावकले पनि आफ्ना बालबच्चामाथि निगरानी राख्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’