सरसफाइ अभियानमा राष्ट्रिय कलाकार सहभागी हुदै

Posted on: 19 Apr, 2016

बैशाख ७, पर्वत । कुश्मामा प्रजिअ झंकनाथ ढकाललको नेतृत्वमा चलेको सफा कुश्मा अभियानमा राष्ट्रिय हाँस्य कलाकार देखि गायक समेत सहभागी हुने भएका छन् ।

अभियानको २० औ हप्ताको अबसरमा हाँस्यकलाकार मनोज गजुरेल, दिपेश शाह, जादुगर तथा हाँस्यकलाकार महादेव त्रिपाठी, जानुवी बोहोरा, मिलन अर्याल मेरी बास्यैका मुलाका साग सुरेन्द्र केसी, शिवसंकर रिजाल लगाएतका आधा दर्जन भन्दा बढी राष्ट्रिय कलकार सफा कुश्मा अभियानमा सहभागी हुने भएका हुन । यो अबसर भने जेसिस पर्वतले गरेको हो ।

जेसिस पर्वतको केन्द्रिय कार्यक्रम अन्तरगत जिल्लामा रहेका युवाहरुलाई जागरुक र शशक्त बनाउने अभियानका साथै आज बेलुका पाँच बजे हुने व्लू डाइमण्ड हाँस्य व्यङ्ग कार्यक्रम अन्तरगत पर्वतमा आउन लागेका कलाकारलाई पनि यस अभियानमा सरिक बनाउने र वेलुका साँझमा हुने हाँस्य व्यङ्ग्य कार्यक्रममा पनि जिल्लाको सरसफाईमा सहयो पुगोस भन्नको लागि आयोजना गरीको भन्दै हाँस्य व्यङ्ग्य कार्यक्रमको पूर्वसन्ध्यामा जेसिजले गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको ।

उक्त कार्यक्रमबाट उठेको रकम जिल्लाको सरसफाइको लागि खर्च गरीने जेसिजका अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिए । उक्त हाँस्य व्यङ्ग्य कार्यक्रमबा २ लाख उठाउने लक्ष्य राखिएको र झण्डै १ लाख ५० हजार रकम संकलन भएको समेत श्रेष्ठले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सरसफाइ अभियानको अबसरमा कलाकारलाई समेत उक्त अभियानमा संलग्न गराउने र आजनै बजारको विभिन्न ठाउँमा डस्पीन लगाएतका फोहोर संकलन गर्ने बस्तु समेत राखिने आयोजक जेसिजले जनाएको छ । कार्यक्रमबाट संकलन भएको रकम जिल्लाको सरसफाई अभियानको लागि खर्च गर्ने समेत आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!