सफा कुस्मा अभियानमा हास्य कलाकारहरु सरिक हुँदै !

Posted on: 20 Apr, 2016

जेसिस पर्वतको केन्द्रिय कार्यक्रम अन्तरगत जिल्लामा रहेका युवाहरुलाई जागरुक र सशक्त बनाउने अभियानका साथै आज बेलुका सम्पनन व्लू डाइमण्ड हाँस्य व्यङ्ग कार्यक्रम अन्तरगत पर्वतमा आएका कलाकारलाई प्रजिअ झंकनाथ ढकाललको नेतृत्वमा चलेको सफा कुस्मा अभियानमा सरिक बनाउने भएको छ ।

सफा कुस्मा अभियानको २० औ हप्ताको अबसरमा हाँस्यकलाकार मनोज गजुरेल, दिपेश शाह, जादुगर तथा हाँस्यकलाकार महादेव त्रिपाठी, जानुवी बोहोरा, मिलन अर्याल मेरी बास्यैका मुलाका साग सुरेन्द्र केसी, शिवशंकर रिजाल लगाएतका आधा दर्जन भन्दा बढी राष्ट्रिय कलकार सफा कुश्मा अभियानमा सहभागी हुने भएका हुन । यो अबसर जेसिस पर्वतले जुराएकोमा स्थानीयले प्रशंसा गरेका छन् । आजको हाँस्य व्यङ्ग्य कार्यक्रममा पनि जिल्लाको सरसफाईमा सहयो पुगोस भन्नको लागि जेसिजले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । उक्त कार्यक्रमबाट उठेको रकम जिल्लाको सरसफाइको लागि खर्च गरीने जेसिजका अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिए । उक्त हाँस्य व्यङ्ग्य कार्यक्रमबा २ लाख उठाउने लक्ष्य राखिएको र झण्डै १ लाख ५० हजार रकम संकलन भएको समेत श्रेष्ठले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सरसफाइ अभियानको अबसरमा कलाकारलाई समेत उक्त अभियानमा संलग्न गराउने र आजनै बजारको विभिन्न ठाउँमा डस्पीन लगाएतका फोहोर संकलन गर्ने बस्तु समेत राखिने आयोजक जेसिजले जनाएको छ । कार्यक्रमबाट संकलन भएको रकम जिल्लाको सरसफाई अभियानको लागि खर्च गर्ने समेत आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!