क्षेत्री समाजको भवन उद्घाटन गर्न पूर्वराज्य मन्त्री आउने

Posted on: 21 Apr, 2016

पर्वत  क्षेत्री समाज नेपाल पर्वतको नव निर्मित भवनको उद्घाटन गर्नको लागि पूर्व राज्य मन्त्री आउने भएका छन् ।     नेपालको पाँचौ      साधरणसभा तथा तेस्रो अधिवेशनको अबसरपारि नव निर्मित १० कोठे भवनको उद्घाटनको लागि पूर्व     राज्यमन्त्री डम्बरबाबु मल्ल आउने बुधबार पत्रकार सम्मेलन गरी आयोजक क्षेत्री समाजले      जानकारी दिएको छ ।      बुधवार भएको पत्रकार सम्मेलनमा कार्यक्रम तथा नव निर्मित भवनको उद्घाटनको बारेमा जानकारी गराउँदै आयोजकले यस्तो बताएको हो ।

    २०६८ सालमा फागुन  ११ देखि १८ गतेसम्म संचालित विश्व शान्ति श्रीमद् भागवत विराट महायज्ञमा संकलन भएको कुल रकम मध्ये ५७ लाखको जग्गा र ४७ लाखमा भवन गरी एक करोड चार लाखमा भवन निर्माण भएको आयोजकले जानकारी दिएको छ ।  समाजले जिल्लामा ५ लाखको छात्रवृत्ति कोषको समेत स्थापना गरेको र विगतका बर्षमा ५ जनालाई छात्रवृत्ति प्रदान गरिएता पवपन याmे बर्ष भने १० जनालाई छात्रवृत्ति प्रदान गरीने र आगामी दिनमा जिल्लामा सुविधा सम्पन्न हस्पीटलको निर्माण गर्ने योजना समेत रहेको समाजका अध्यक्ष नरबहादुर कार्कीले जानकारी दिए ।

महायज्ञमा १ करोड ४३ लाख संकलन भएको र १५ लाख महायज्ञमा नै खर्च भएको आयोजकले जनाएको छ । समाजको यहि बैशाख १० गते हुने पाँचौ साधरण सभा तथा तेस्रो अधिवेशन हुने कार्यक्रम तय भएको छ । समाजका अध्यक्ष नरबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव सरस्वती भण्डारीले गरेकी थिइन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!