१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रहरीले वालविवाह हुनबाट जोगायो खुर्कोटकुमारीलाई

९ बैशाख २०७३, बिहीबार ०४:३८

bal-biha पर्वत, संविधानले बालविवाहलाई अपराधका रुपमा मानेको छ । तर पनि अझै बालविवाहको उन्मुलन हुन सकेको छैन । प्राय जसो तराई र सुदुरपश्चिमका जिल्लाहरुमा हुने बालविवाहले बालिकाको जिन्दगीलाई नर्ग त बनाउँछनै उसको अधिकारको समेत हनन हुने गर्छ ।  पर्वतमा पनि बुधवार यस्तै एक घटना घट्यो ।  आफ्नो मामाघर खुर्कोटमा बस्दै आएकी एक १४ बर्षिय बालिकाको २२ बर्षको केटासँग विवाह हुने तय भयो ।

धाईरिङ गाविस १ की १४ वर्षकी खुर्कोट कुृमारी (नाम परिर्वतन) बालिकालाई २२ वर्षिय युवकसंग विवाह गरिदिने प्रपन्च मिलाई पोखरा लैजादै गरेको सुचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएर बालविवाह हुन बाट जोगाएको छ ।

कुस्मा नगरपालिका ४ खुर्कोटमा माईजू जमुना पौडेलको घरमा विगत दुई वर्ष देखी बस्दै आएकी खुर्कोट कुमारी (नाम परिवर्तित)लाई निजकी माईजू र सोहि ठाउँकै देवका शर्माले ललाई फकाई कास्की जिल्ला ढिकुर पोखरी( ५ का विकास पौडेलसंग विवाह गरिदिने भनि पोखरा लैजान तयारीमा कुस्मावजार दुर्लुङ चोकमा बसेको सूचना प्राप्त भए लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले बालिका सहित अन्य ४ जनालाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले बालिकालाई कानुनी एवम मनोवैज्ञानिक परामर्श दिई वालविवाह जस्तो सामाजिक अपराध हुन वाट वचाई अभिभावकको जिम्मा लगाई पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल