२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

लोकतन्त्रमा सबैले समान अवसर पाउनुपर्छ : मुख्यमन्त्री राउत

२०७६, ११ बैशाख बुधबार १५:२५

महोत्तरी ११, बर्दिवास । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले लोकतान्त्रिक पद्धतिमा सबै धर्म, भाषाभाषी र क्षेत्रले विकासको समान अवसर पाउने बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा सङ्घीय समाजवादी फोरम महोत्तरीको बर्दिवासमा आयोजित महोत्तरी जिल्ला समन्वय समिति मञ्चको कार्यक्रममा मुख्यमन्त्री राउतले त्यस्तो अवसर सबैलाई अनुभूति गराउन प्रदेश सरकार प्रयत्नरत रहेको बताएका हुन् । 


लोकतन्त्र नारा वा पढेर बुझिने सिद्धान्त मात्र नभएर जीवनपद्धति भएकाले आफ्नै जीवनमा आएको सकारात्मक परिवर्तन जनताले अनुभूति गर्न पाउनुपर्ने राउतको भनाइ थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले आधारभूत स्वास्थ्य सेवाबाट कोही वञ्चित नहुन भनेर सरकारले काम गरेको उल्लेख गरे । 

फोरमले संविधानको भावनाअनुसार यसअघिको आफ्नो जिल्ला कार्यसमिति विघटन गरेर जिल्ला समन्वय समिति गठन गर्न लागेको सो दलका नेता राजकिशोर यादवको भनाइ थियो ।  

आज आयोजित जिल्ला समन्वय समिति मञ्चले दलको जिल्ला समन्वय समिति चयन गर्ने बताइएको छ । 

जारी मञ्चमा जिल्लाका १५ स्थानीय तहका पार्टी प्रमुख, प्रत्येक स्थानीय तहबाट एक महिला अनिवार्य व्यवस्था र दुई प्रतिनिधिसहित ५६ प्रतिनिधि सहभागी छन् । 

यी प्रतिनिधि जिल्ला समन्वय समितिका सदस्य हुने र यिनैले आपूmमध्येबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहितका पदाधिकारी चयन गर्ने यादवले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै