पर्वत भर्खरमात्रै जिल्लामा स्थापना भएको पर्वत सेवा समाज नेपालले आफ्नो सांगठनिक परिचय एवं अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लामा रहेर मानवीय सेवा गर्ने उदेश्यले स्थापना भएको उक्त समाजले आफ्नो संगाठनिक संरचना, उदेश्यका बारेमा विहिबार एक कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।
सवैप्रकारका प्रकोप तथा विपदमा परेका मानिसहरुलाई सहयोग गर्ने उदेश्यका साथ स्थापना भएको उक्त संस्थाले रोजगारी वा अन्य शिलशिलामा विदेशीका जिल्लाका नेपालीलाई एक बनाई मानवीय साहेतामा काम गर्ने उदेश्यका साथ स्थापना भएको जनाएको छ ।मुना भुषालको अध्यक्षमा स्थापना भएको उक्त संस्थाको उपाध्यक्षमा गणेशबहादुर क्षेत्री, सचिव शिवराज शर्मा, सहसचिव अगन्धर तिवारी, कोषाध्यक्ष आरती भुषाल रेग्मी रहेका छन् । त्यसैगरी सदस्यमा ओमप्रसाद घायल, छविलाल तिवारी, गायत्री पोख्रेल, किशोर कुमार केसी गरी ९ सदस्यीय समिति बनेको छ ।
आयोजकले आफ्नो सेवा समाज नेपालको दक्षिण कोरिया, स्वीजरल्याण्ड, अमेरिका, इजारयल, कतार, दुवै, साउदी, अरव, मलेसिया, जापान, पोर्चुगल र स्पेनमा आफ्नो संगठनको च्याप्टहरु रहेन जनाएको छ । साधरण सदस्यको लागि प्रति व्यक्ति १ सय रुपैयाँ र आजीवन सदस्यका लागि नेपालमा रहेकालाई २ हजार र विदेशमा रहेकालाई १० हजार रुपैयाँ तोकेको छ । कार्यक्रममा सहभागी भएकाहरुले आजिवन सदस्यताको लागि तोकिएको रकममा एकरुपता ल्याउनको लागि आग्रह गरेका थिए ।