रानीपानीमा विपद व्यवस्थापन समिति गठन

Posted on: 22 Apr, 2016

राजकुमार पोखरेल, पर्वत,विद्यालयमा सम्भावित विपद जोखिमबारे पूर्व तयारी र विपदको समयमा अपनाउनुपर्ने अवस्थाको ज्ञान तथा अभ्यास र शैक्षिक निरन्तरताको लागि पर्वतको रानीपानीमा विद्यालय स्तरिय विपद व्यवस्थापन समिति गठन गरिएको छ । रानीपानी गाविस स्थित जनता निमावीमा उक्त समिति गठन गरिएको हो । समितीको अध्यक्षमा किसान बहादुर क्षेत्रि, सदस्य सचिबमा ज्ञान प्रसाद शर्मा, कोषाध्यक्षमा पविता लामिछाने चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा दिनेश भुषाल, शान्ता शर्मा, हुमकान्त तिबारी, समिर पौडेल, अमर बिक, मिलन काप्ले,सुस्मा पराजुलि, लक्ष्मी पौडेल, लोकराज आर्चाय, हिमलाल पराजुलि, टँकनाथ पराजुलि, लक्ष्मी पौडेल र जानुका शर्मा चयन हुनुभएको छ । युरोपियन आयोगको मानविय सहायता र नागरिक सुरक्षा विभागको सहयोग तथा प्लान नेपाल र इन्प्रेड नेपालको साझेदारीमा संचालित बृहद विद्यालय सुरक्षा परियोजना अन्तर्गत उक्त समिति गठन गरिएको हो । शिक्षक अभिभावक संघका अध्यक्ष किसान बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्य माथि इन्प्रेड नेपालका सामाजिक परिचालक उदयराज भुषालले प्रकाश पार्नु भएको थियो । उक्त परियोजना जिल्लाका पाँच वटा गाविसमा संचालनमा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!