३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-राष्ट्रसेवकको खाँचो

११ बैशाख २०७३, शनिबार ०४:३४

आजभोली मानिसहरु यती स्वार्थी र लोभी हुन लागे की हरेक कुरामा स्वार्थमात्रै लुकेको भेटिन थालेको छ । चाहे त्यो बाबुआमाले आफ्ना सन्तान र सन्तानले आफ्ना बाबुआमाप्रति गर्ने व्यवहारमा किन नहोस् । हरेक क्षेत्रमा मानिसहरु आफ्नो स्वार्थ खोजिरहेका हुन्छन् । जसका कारण समाजमा भ्रष्टाचार, शोषणा अनियमितता, कालोबजारी झगडा, बैइमान, लगाएतका अनगिन्ती घटनाले प्रथामिकता पाउने गरेका छ । राष्ट्रको सेवा गर्छुभन्दै बाघडोर समालेको राष्ट्रप्रमुखका रुपमा रहेका व्यक्ति हुन वा, कुनै राजनेता, प्रशासनिक क्षेत्रमा अदालका वकिल, प्रहरी, आर्मी , शसस्त्र, व्यापारी कलकार, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, वा कुनै निकाय वा क्षेत्रमा भएका व्यक्ति किन नहुन हरेकको मनमा स्वार्थको भावना मात्रै भएको पाइन्छ । जसका कारण आज देश यीनै दरित्र पापी मन भएकाहरुको पिंजडामा फसिरहेको छ ।

हिजो राजा महेन्द्रले स्वार्थको लागि कु गरे त्यसको अनुसरण राजा ज्ञानेन्द्रले पनि गरे तर त्यसको फल केहि समयको लागि उनीहरुलाई सुख शान्ति, अमनचयन पनि मिल्यो तर अन्त्यमा सारा कुरा गुमाउन बाध्य हुनु प¥यो । आज मानिसहरु धन कमाउनको लागि आफ्नो आफन्त परिवार पनि नभनी रातरात आफ्ु अरबपति हुने सपना देखेको छ जसका कारण हरेक क्षेत्रमा भ्रष्टाचार, शोषण भैरहेको छ । आफ्नै बाउले आफ्नी छोरीलाई दलालको हातमा सुम्पीएको छ, आफ्नै दिदीलाई एक दाइ वा भाईले उसको जिवन नर्ग बनाउनको लागि अनेक जालझेल खेलिरहेको छ । केवल स्वार्थको लागि ।

भनिन्छ नी पाप दुरीबाट कराउँछ एक दिन त्यसको दण्ड सजाय अबश्य भोग्नुपर्छ तर पनि मानिसहरु आफ्नो स्वार्थ र पापको घैटो फुटाउन सकेका छैनन् । अख्तियारले देशका नेता देखि व्यापारी, कर्मचारीलाई समातेको छ अभियोग लगाएको छ तर पनि देशमा भ्रष्टाचार न्यूनिकरण हुन सकेको छैन दिनप्रत्येक दिन बढेको छ । देशलाई कंगाल बनाएर आफु र आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ती जोहो गर्नको लागि मानिसहरु तछाडमछाड गरिरहेका छन् । आफ्नो इमान्दारीताको कमाइलाई रातरात गुमाइरुहेका छन् जसका     कारण देशको अर्थतन्त्र खोक्रो बन्दै गैरहेको छ ।

निस्वार्थ भावले देशको सेवा गर्ने सच्चा राष्ट्रसेवकको यहाँ कमिको महसुस भएको छ । हिजो पृथ्वीनारायण शाहले देशको एकीकरण गरेर देश  २२÷२४ राज्यलाई एक बनाए तर आज राजनीतिक दल आफ्नो स्वार्थ      पुरा गर्नको लागि देशलाई विखण्डन बनाउनको लागि तल्लीन भएका छन । विर सपुतले देशको रक्षाको लागि आफ्नो आहुती दिए तर आज मानिसहरु पैसाको लागि र आफ्नो स्वार्थ पुरा गर्नको लागि शहिदको नाम बेचिरहेका छन् । भूकम्प र नाकाबन्दीले थिचिएको देशको मुहार फेर्नको लागि कसैले पनि पहल गरेको छैन । जून जोगी आएपनि कानै चिरेको आम नेपालीलाई भान भएको छ ।

यतिबेला देशको विकास र बर्तमान समस्याबाट मुक्ति ढिलाउदै राष्ट्रनिर्माण र नागरिकलाई सरकारको अनुभूति हुने, तथा भूकम्पपछिको पूर्ननिर्माणमा लाग्ने एक सक्षम र निस्वार्थ भावना भएको राष्ट्र सेवकको आवश्यकता महसुस भएको छ जून अझसम्म प्राप्ती हुन सकेको छैन ।अब नेपालीले सच्चा राष्ट्रसेवकको पहिचान गरी शासक बनाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’