२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

१४ बैशाख २०७६, शनिबार ०६:४१

बैशाख १४, राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ४१२३ नंको ट्रकलाई सोही दिशाबाट आइरहेको ना५ख ७९३७ नंको बसले पछाडिबाट ठक्कर दिँदा उक्त बस अनियन्त्रित भई सडकदेखि दक्षिणतर्फ छाप्रोमा रहेको चिया पसललाई भत्काएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।सो पसलमा चिया पिउन बसिरहेका सप्तरीको कञ्चनरुप नगरपालिका–८ बस्ने ६५ वर्षीय देवनारायण महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सो दुर्घटनापछि बसमा सवार र चिया पसलमा बसिरहेका अन्य आठ घाइते भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । 

घाइतेको रुपनगरस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ भने चालक र ट्रक तथा बसलाई नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै  पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–७ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइलले पैदलयात्रीलाई ठक्कर दिँदा अन्दाजी ७० वर्षीय छुतहरु दासको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नागरपालिका–३ स्थित पोर्ताहामा पनि मोटरसाइकल दुर्घटनमा परी आज एकको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिम जाँदै गरेको को१ज ३५६२ नंको गाडीले सोही दिशातर्फ जाँदै गरेको को१५प ५५४५ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी हनुमाननगर कंकालिनी नागरपालिका–३ पोर्ताह बस्ने २२ वर्षीय शङ्कर पघैया यादवको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य