२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोषण अवस्था सुधार गर्न स्वयमसेविकाको भुमिका महत्वपूर्ण हुने

२०७६, १४ बैशाख शनिबार ०९:४९

बैशाख १४, सल्यान । कपुरकोट गाउँपालिकाभित्र रहेका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाइ मातृ, शिशु तथा बाल्यकालिन पोषण सम्बन्धी अभिमुखिकरण गरिएको छ । ६ वटै वडामा दुई दिने अभिमुखिकरण गरिएको हो ।


दलित विकास समाज सल्यानद्धारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा ३७ जना स्वयमसेविकाहरुलाइ अभिमुखिकरण गरिएको सुआहाराका फिल्ड सुपरभाइजर झिन बहादुर नेपालिले जानकारि गराए । गत त्रैत्र २१ देखि शनिबार १४ बैशाख सम्म अभिमुखिकरण सम्पन्न गरिएको उनले जनाए ।


कपुरकोटमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले समाजमा स्वास्थ्य स्थीतीलाइ मजबुत बनाउन महिला स्वास्थ्य स्वयमसेविकाको भुमिका महत्वपूर्ण रहेको बताउँदै यस प्रकारको तालिमले मातृ, शिशु तथा बाल्यकालिन पोषण सम्बन्धी ज्ञान, सिप र क्षमता अभिवृद्धि हुने बताएका थिए । उनले स्वस्थ जीवनका लागी पोषणमा ध्यान दिन जरुरी रहेको बताउँदै समाजमा स्वास्थ्य अवस्था खस्कीयो भने समग्र गाउँपालिकाको समृद्धि नै हाँसिल गर्न नसकिने बताए ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले गाउँपालिकाको पोषण अवस्था सुधार गर्न र पूर्ण पोषणयुक्त गाउँपालिका बनाउन महिला स्वास्थ्य स्वयंसेविकाको अहम भुमिका रहने धारणा राखेका थिए ।

दुई दिने तालिममा पोषणको महत्व, किशोरि तथा मातृ पोषण, खानेपानी, सरसफाए तथा स्वच्छता, विरामी बालवालिकाको खाना र हेरचाह जस्ता विषयमा अभिमुखिकरण गरिएको स्वास्थ्य चौकी कपुरकोटका इन्चार्ज देवेन्द्र कुमार सेनले जनाए । यस्तै महिला स्वास्थ्य स्वयमसेविकाले प्रयोग गर्ने सामाजिक व्यवहार परिवर्तन तरिका, पोषण स्थीती लेखाजोखा लगाएतका विषयमा पनि अभिमुखिकरण गरिएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै