२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाका विपन्न महिलालाई अनुदान प्रदान

२०७६, १६ बैशाख सोमबार ०२:५१

  वैशाख १६, गोरखा । शहीद लखन गाउँपालिकाले पालिकाभित्रका विपन्न महिलालाई आयआर्जन वृद्धिका लागि अनुदान प्रदान गरेको छ । 

गाउँपालिकाले नौवटै वडाका ६३ विपन्न महिलालाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख सुदिप विकले जानकारी दिनुभयो । “सबै वडाका विपन्न महिला जो दैनिक जीविकोपार्जन गर्न समस्यामा परेका छन्, उहाँहरुलाई छनोट गरेर अनुदान सहयोग गरिएको हो”, प्रमुख विकले भन्नुभयो, “अनुदान सहयोग गरिएका सबैलाई सम्बन्धित वडा कार्यालय तथा महिला सहकारी संस्थाले नै छनोट गरेर पठाएको हो ।”

  विपन्न महिलालाई प्रदान गरिएकोे अनुदान रकमबाट उहाँहरुले दैनिक आयआर्जन हुने खालका साना–साना व्यवसायमा लगानी गर्ने उहाँले बताउनुभयो । “अनुदान पाउने विपन्न महिलामध्ये कसैले बङ्गुर पाठा किन्ने, कसैले बाख्राको पाठी किन्ने र कसैले तरकारी खेतीमा लगानी गर्नुहुनेछ, उहाँले भन्नुभयो, “जुनजुन व्यवसायमा लगानी गरे पनि उहाँहरुको आर्थिक आयआर्जनमा वृद्धि गर्न सकियोस् भन्ने हाम्रो लक्ष्य हो ।”

 छनोटमा परेका सबै महिलालाई प्रतिव्यक्ति रु पाँच हजारका दरले अनुदान उपलब्ध गराइएको शाखा प्रमुख विकको भनाइ छ । 

गाउँपालिकाले अनुदान प्राप्त गर्ने सबैलाई थोरै रकमबाट पनि कसरी राम्रो आयआर्जन बढाउन सकिन्छ भन्ने विषयमा एकदिने अभिमुखीकरण तालीमसमेत प्रदान गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी