२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह आरम्भ

२०७३, १३ बैशाख सोमबार ०६:५८

 कुश्मा, पर्वत । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले शिक्षाको लागि विश्वव्यापी कर्या सप्ताह मनाउने कार्यक्रम आजदेखि थालनी गरेको छ । अप्रिल २४ देखि ३० तारिखसम्म चल्ने अभियानमा शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने तयारी गरिएको छ । एनसिइ नेपालले विश्वव्यापी अभियान (जिसिइ) ले निर्दिष्ट गरेका विषयभित्र रही प्रत्येक वर्ष नेपालमा विश्वव्यापी कार्य सप्ताहको समेत संयोजन गर्दै आएको छ ।

यो सप्ताहव्यापी अभियानको माध्यमबाट शिक्षा क्षेत्रका सवालमाथि सम्बन्धित निकायको ध्यानाकर्षण गर्न र सरकारलगायत जिम्मेवार निकायलाई जवाफदेही र उत्तरदायी बनाइ नेपालका सबै बालबालिकाले समान र समतामूलक ढंगमा शिक्षा पुर्याउने अभियानमा योगदान पु¥याउँदै आएको छ । यस क्रममा विश्वव्यापी कार्य सप्ताहलाई यसवर्ष “Fund for future : Education right now” भन्ने मूल नाराका साथ मनाउन लागिएको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य तथा जिल्ला सञ्जाल पर्वतका संयोजक राजेन्द्र पहाडीले जानकारी दिए ।

कार्य सप्ताहको सन्दर्भ पारेर जिल्ला सञ्जाल पर्वतको अग्रसरतामा जिल्ला शिक्षा कार्यालय र अन्य सरोकारवालाहरुसँग समन्वय गरेर रेडियो र टेलिभिजनमा अन्तरसम्बाद कार्यक्रम, पत्रपत्रिकामा शैक्षिक आलेख प्रकाशन, शैक्षिक अन्तरक्रिया, अभिमुखीकरणलगायतका कार्यक्रम आयोजना गरिने भएको छ । जिल्लामा विद्यालय उमेरका सात सयभन्दा बढी बालबालिका विद्यालय बाहिरै रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कबाट देखिन्छ । बालमैत्री सिकाई वातावरणको निर्माण गर्ने र सबैलाई समतामुलक सामान समावेशी शिक्षा प्रदान गर्न शिक्षाको बजेट बढाइ कुल बजेटको कम्तिमा पनि २०५ र कुल ग्राह्यस्थ उत्पादनको ६५ छुट्याउन आवश्यक छ भन्ने कुरालाई शैक्षिक अभियन्ताहरुले चर्को रुपमा उठाइरहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन