पुनरावेदनको फैसला क्रसर व्यवसायीको पक्षमा

Posted on: 25 Apr, 2016

kaligandaiपर्वत वैशाख १३  गते । पुनरावेदन अदालत बाग्लुङले क्रसर व्यवसायीको पक्षमा सोमबार फैसला सुनाएको छ । न्यायधिस भिमबहादुर बोहोरा र रोहित चंद शाहको संयुक्त इजलासले क्रसर व्यवसायीको पक्षमा फैसला सुनाएको हो ।

जिविसको नियम अनुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ विना अबरोध निकाल्न पाउने र प्रहरीको नियन्त्रणमा रहेका सवारी साधन तत्तकाल  फिर्ता दिने भन्दै पुनारवेदन अदालतले क्रसर व्यवसायी यामबहादुर (रामकृष्ण) मल्लको पक्षमा फैसला सुनाएको हो ।

चैत्र २८ गते राती प्रहरीले  सम्झौता अनुसार काम गर्दा गर्दै नागरिक अधिकारनै हनन गरी आफ्नो सवारी साधनलाई एकाएक नियन्त्रणमा लिएको भन्दै कानूनी ढोका ढक्ढकाउँदै    पुनरावेदन अदालतमा  पुगेका मल्ललाई अदालतले सफाइ दिएको हो ।

कालीगण्डकी क्रसर उद्योगका संचालक मल्लले जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र जिल्ला प्रहरी कार्यालयलाई प्रतिपक्षमा   राखी रिट दायर गरेका थिए । कुश्मा नगरपालिका अन्तरगत राजाको बगर नदीको  बहाब नै परिर्वतन गरी ढुंगा, गिट्टी बालुवा निकाले भन्दै प्रहरीले उक्त क्रसरका सवारी साधन नियन्त्रणमा लिएको थियो ।

क्रसर व्यवसायी मल्लले आफुले विना गल्ती सम्झौता अनुसार काम गर्दा पनि प्रहरीले सास्ती दिएको तर अदालतले आफुलाई न्याय दिएको बताएको छन् । पुनरावेदन अदालतले अब विना अबरोध नदीजन्य पदार्थ निकाल्नको लागि बाटो खुला गरेको छ अब जिविसको नियम अनुसारनै काम हुन्छ क्रसर व्यवसायी मल्लले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!