राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका फाइन खेल शुरु

Posted on: 26 Apr, 2016

rastapati khelपर्वत, सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत क्षेत्र नं १ को छनोट खेल सम्पन्न भएको छ । क्षेत्र नं १ अन्तरगतको छनोट खेलमा  छात्र भलिबलमा नारायण उच्च मावि कुश्मा, जनकल्याण उमावि नाङलीवाङ, नवजागृत उमावि तिलाहार र पशुपति उमावि राम्जा फाइनलमा प्रवेश गरेका छन् ।

त्यसैगरी छात्रा तर्फ नमूना आवसीय उच्च मावि कुश्मा, नारायण उमावि कुश्मा, शिवालय उमावि कुश्मा र सुर्यप्रकाश मावि दुर्लुङ फाइन खेलमा प्रवेश गरेका हुन् । क्षेत्र नं १ अन्तरगत एथलेक्टिक तर्फ सुर्यप्रकाश माविको अग्रता रहेको जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव युवारज पराजुलीले जानकारी दिए ।

क्षेत्र नं २ बाट छात्र भलिबलमा बालारानी मावि बालकोट, विश्वज्योति मावि पाखापानी, जनता उमावि देखिस्थान, महेन्द्रोय मावि भोक्सीन फाइनलमा पुगेका छन् । छात्रा भलिबल तर्फ जनज्योति मावि खाल्टेले मात्र सहभागीता जनाएको छ भने जनज्योतिमाविको एथलेक्टिस तर्फ अग्रता लिएको छ ।

मंगलबारबाट सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका फाइन खेल शुरु हुर्दैछन् । २ सय ५० मेडलका लागि  प्रतिशपर्दा हुने खेलमा विजेता हुनेले ३० हजार, रनिङ शिल्ड कप, द्धितियले २० हजार र कप, तृतीय हुनेले १० हजार र कप प्राप्त गर्ने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!