2026-07-11 06:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानी राजा अकिहितोले गद्दीत्याग गर्दै

2019-04-30

वैशाख १७, काठमाडौं । जापानी राजा अकिहितोले पदत्याग गर्ने भएका छन् । ८५ वर्षका राजा अकिहितोले उमेर र स्वास्थ्य समस्याका कारण आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्न कठिन रहेको भन्दै गद्दीत्यागको घोषणा गरेका हुन् ।

जापानी राजसंस्थाको दुई सय वर्षको इतिहासमा उनी गद्दी त्यागको घोषणा गर्ने पहिलो राजा हुन् । उनको गद्दीत्याग समारोह मंगलबार हुनेछ । उनले जापानी राजदरबारमा कुल देवताको विधिपूर्वक पूजा गरी गद्दीत्यागको घोषणा गर्नेछन् ।


राजा अकिहितोले गद्दीत्याग गरेको भोलिपल्ट छोरा राजकुमार नारुहितोले राज्याभिषेक गर्नेछन् । जापानका राजा सांकेतिक भनिए पनि देशको राजकीय शक्ति उनीहरुको हातमा नै हुन्छ । राजा अकिहितो रोग तथा प्रकोपपीडित जनतासँग प्रत्यक्ष संवाद गर्ने बानीका कारण जापानमा शक्ति आर्जन गरेका थिए ।

गद्दीत्याग समारोह सामान्य रुपमा १० बजेपछि सुरु हुनेछ । जहाँ राजा अकिहितोले पहिले कुल देवीको पूजा गर्नेछन् । गद्दीत्याग समारोह राजदरबारको मात्सु नो मा स्टेट हलमा हुने अनुमान गरिएको छ ।

गद्दीत्याग समारोहमा राजा अकिहितोले राजाका रुपमा आफ्नो अन्तिम संबोधन गर्नेछन् । त्यसपछि बुधबार विहान राजकुमार नारुहितोले राजाको रुपमा राज्याभिषेक गर्नेछन् ।

राजा अकिहितोले दुई वर्षअघि गरेको संबोधनमा आफ्नो उमेरका कारण डर लागिरहेको र आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गर्न समस्या हुने हुनाले गद्दीत्याग गर्ने चाहना रहेको बताएका थिए 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ