वैशाख १७, पोखरा । गण्डकी प्रदेशमा छुट्टाछुट्टै घटनामा एक विदेशीसहित दुई जनाको मृत्यु भएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका–३ मा भिरबाट खसेर रुसका ६८ वर्षीय जायेत्सभ अलेकजेन्डरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार चुम भ्याली गई फर्कदै गर्दा उनी भिरबाट लडेका थिए ।
त्यसैगरी स्याङ्जाको वालिङ नगरपालिका–६ का ६२ वर्षीया मिना खड्का मृत भेटिएकी छन् । पोखरा महानगरपालिका–१० रामघाटस्थित गण्डकी अस्पताल अगाडि होटलमा कोठा लिएर बसेकी उनी आज मृत भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।रासस