१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राष्ट्रपति रनिङ शिल्ड फुत्काउन- नक्कली विद्यार्थीको साहरा

१५ बैशाख २०७३, बुधबार ०४:१४

rastapati khel पर्वत सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नक्कली विद्यार्थीलाई आफ्नो विद्यालयको विद्यायर्थी बनाएर यहाँका विद्यालयहरुले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि फुत्काउने योजना बनाएको रहस्य ख्ुलेको छ । यहि वैशाख ६ गते बाट जिल्लामा राष्ट्रपति रनिङशिल प्रत्योगिताका छनोट खेलहरु श्ुरु भएको थियो ।

  राष्ट्रपति रनिङ शिल्डका लागि मंगलबारबाट शुरु भएको फाइन खेलमा कुश्मा नगरपालिका भित्रका विद्यालयहरुले खेलाडी किनेर खेलमा सहभागी गराएको पाइएको हो । माध्यमिक तहका विद्यार्थीहरुलाई सहभागी गराइने खेलमा सो भन्दा उपल्लो र गैरविद्यार्थीको साहरा लिएर विद्यालयहरुले शिल्ड आफ्नो पक्षमा ल्याउन खोजेको आयोजक जिल्ला खेलकुद विकास समितिबाट खेलका संयोजक बनेकाहरुले बताएका छन् ।

शिवालय मावि कुश्माका खेल शिक्षक मेगराज भुसालले धेरै जसो उच्च मावि नियम विपरीत खेलाडी सहभागि गराएर शिल हात पार्न दुशप्रयास   गरेको आरोप लगाएका छन् । मावि तहका विद्यार्थी सहभागी हुने प्रत्योगितामा अन्य तह र गैर विद्यार्थीको सहभागीता गराएर शिल्ड फुत्काउने सपना यहाँका विद्यालयहरुले गरेको उनको दाबी छ ।

मावि तहमा अध्ययन गर्ने विद्यार्थीको उमेर बढीमा १८ बर्ष हुने भएता पनि खेलमा भने सो भन्दा बढी उमेर समुहका खेलाडी समेत सहभागी भएको देखिन्छ । यता जिल्ला खेलकुद विकास समिति पर्वतले पनि विद्यालयका प्रधानध्यापकले सिफारिस गरेका विद्यार्थीलाई खेलमा सहभागी गरेको  बताएको छ । विद्यालयले दिएको सिफारिसको आधारमा खेलाडीलाई खेलमा सहभागी गराएको तर गैर जिम्मेवारीपन विद्यालयले देखाएको भए यसको जिम्मेवारी सम्बन्धीत विद्यालयले लिनुपर्ने  खेलकुद विकास समितिका सदस्य सचिव युवराज पराजुली बताउँछन् । विद्यालयको छाप र प्रअको सीफारीस अनुसार आँफुहरुले विद्यार्थीहरुलाई खेलमा सहभागि गराएको उनको भनाई छ ।

जिल्लामा राष्ट्रपति रनिङशिल खेलमा  क्षेत्र नं १ बाट १९ विद्यालय र क्षेत्र न २ बाट १२ विद्यालयहरुले  सहभागिता जनाएका छन । निर्देशिमा  माध्यमीक तह सम्म अध्यायन गर्ने वालवालिकाले खेलमा सहभागिता जनाउन पाउने व्यवस्था छ । तर राष्ट्रपति खेलमा भने  उच्च मावि तहमा अध्यायन गर्ने विद्यार्थी  र राष्ट्रिय स्तरका क्लबका खेलाडी समेत खेलमा सहभागी भएको गुनासो आइरहेको छ ।

विद्यालय स्तरीय खेल प्रतियोगितामा गैर विद्यार्थी सहभागी भएमा र त्यसको कारवाहीको बारेमा भने खेलकुद विकास समितिले केहि निर्णय गरिसकेको गरेको छैन । सातौ पटक संचालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मात्रै नभई विगतमा बर्षमा पनि यसरीनै गैर जिम्मेवारीपन यहाँका विद्यालयहरुले देखाउँदै आइरहेका छन् । भने यस बर्ष क्लबमा आबद्ध र माथिल्लो तहका विद्यार्थी खेलमा सहभागी भएको स्वयम आयोजक खेलकुद विकास समितिले स्वीकार गर्छ तर के गर्ने त्यस्ता विद्यालयलाई भन्नेबारेमा भने बोल्न सकेको छैन । विद्यालयस्तरीय खेलकु्द कार्यक्रमा विद्यालयले गैरजिम्मेवारी पन देखाउनु खेलको नियम र उदेश्य विपरित भएको  जिल्ला एथलेटिक्स सयोजक कृष्ण नेवारले बताउँछन् ।

गैरजिम्मेवारीपन देखाउने विद्यालयलाई अहिले के गर्ने र आगामी दिनमा के गर्ने भन्नेबारे जिल्ला खेलकुद समिति केहि सोच्न समेत सकेको छैन । राष्ट्रपति रनिङ शिल्डका लागि खेलहरु जारीनै छन् आलोचना र विरोध भैरहेको छ । खेलकु्द समिति र जिल्ला शिक्षा कार्यालयको समन्वय हुन नसक्दा खेलकुदमा पनि स्वार्थ र राजनीति भएको खेलप्रेमीको गुनासो छ । जिल्ला शिक्षा कार्यालयले विद्यालय स्तरको लागि आयोजना गरीएका खेलक्ुदमा गैरजिम्मेवारी पनि देखाउनुले पनि विद्यालयहरुलाइै शिल्डको लोभ लागेको र यस्तो भएको बुभिएको छ ।  सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा  ३१ विद्यालयले सहभागीता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल