२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राष्ट्रपति रनिङ शिल्ड फुत्काउन- नक्कली विद्यार्थीको साहरा

२०७३, १५ बैशाख बुधबार ०४:१४

rastapati khel पर्वत सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नक्कली विद्यार्थीलाई आफ्नो विद्यालयको विद्यायर्थी बनाएर यहाँका विद्यालयहरुले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि फुत्काउने योजना बनाएको रहस्य ख्ुलेको छ । यहि वैशाख ६ गते बाट जिल्लामा राष्ट्रपति रनिङशिल प्रत्योगिताका छनोट खेलहरु श्ुरु भएको थियो ।

  राष्ट्रपति रनिङ शिल्डका लागि मंगलबारबाट शुरु भएको फाइन खेलमा कुश्मा नगरपालिका भित्रका विद्यालयहरुले खेलाडी किनेर खेलमा सहभागी गराएको पाइएको हो । माध्यमिक तहका विद्यार्थीहरुलाई सहभागी गराइने खेलमा सो भन्दा उपल्लो र गैरविद्यार्थीको साहरा लिएर विद्यालयहरुले शिल्ड आफ्नो पक्षमा ल्याउन खोजेको आयोजक जिल्ला खेलकुद विकास समितिबाट खेलका संयोजक बनेकाहरुले बताएका छन् ।

शिवालय मावि कुश्माका खेल शिक्षक मेगराज भुसालले धेरै जसो उच्च मावि नियम विपरीत खेलाडी सहभागि गराएर शिल हात पार्न दुशप्रयास   गरेको आरोप लगाएका छन् । मावि तहका विद्यार्थी सहभागी हुने प्रत्योगितामा अन्य तह र गैर विद्यार्थीको सहभागीता गराएर शिल्ड फुत्काउने सपना यहाँका विद्यालयहरुले गरेको उनको दाबी छ ।

मावि तहमा अध्ययन गर्ने विद्यार्थीको उमेर बढीमा १८ बर्ष हुने भएता पनि खेलमा भने सो भन्दा बढी उमेर समुहका खेलाडी समेत सहभागी भएको देखिन्छ । यता जिल्ला खेलकुद विकास समिति पर्वतले पनि विद्यालयका प्रधानध्यापकले सिफारिस गरेका विद्यार्थीलाई खेलमा सहभागी गरेको  बताएको छ । विद्यालयले दिएको सिफारिसको आधारमा खेलाडीलाई खेलमा सहभागी गराएको तर गैर जिम्मेवारीपन विद्यालयले देखाएको भए यसको जिम्मेवारी सम्बन्धीत विद्यालयले लिनुपर्ने  खेलकुद विकास समितिका सदस्य सचिव युवराज पराजुली बताउँछन् । विद्यालयको छाप र प्रअको सीफारीस अनुसार आँफुहरुले विद्यार्थीहरुलाई खेलमा सहभागि गराएको उनको भनाई छ ।

जिल्लामा राष्ट्रपति रनिङशिल खेलमा  क्षेत्र नं १ बाट १९ विद्यालय र क्षेत्र न २ बाट १२ विद्यालयहरुले  सहभागिता जनाएका छन । निर्देशिमा  माध्यमीक तह सम्म अध्यायन गर्ने वालवालिकाले खेलमा सहभागिता जनाउन पाउने व्यवस्था छ । तर राष्ट्रपति खेलमा भने  उच्च मावि तहमा अध्यायन गर्ने विद्यार्थी  र राष्ट्रिय स्तरका क्लबका खेलाडी समेत खेलमा सहभागी भएको गुनासो आइरहेको छ ।

विद्यालय स्तरीय खेल प्रतियोगितामा गैर विद्यार्थी सहभागी भएमा र त्यसको कारवाहीको बारेमा भने खेलकुद विकास समितिले केहि निर्णय गरिसकेको गरेको छैन । सातौ पटक संचालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मात्रै नभई विगतमा बर्षमा पनि यसरीनै गैर जिम्मेवारीपन यहाँका विद्यालयहरुले देखाउँदै आइरहेका छन् । भने यस बर्ष क्लबमा आबद्ध र माथिल्लो तहका विद्यार्थी खेलमा सहभागी भएको स्वयम आयोजक खेलकुद विकास समितिले स्वीकार गर्छ तर के गर्ने त्यस्ता विद्यालयलाई भन्नेबारेमा भने बोल्न सकेको छैन । विद्यालयस्तरीय खेलकु्द कार्यक्रमा विद्यालयले गैरजिम्मेवारी पन देखाउनु खेलको नियम र उदेश्य विपरित भएको  जिल्ला एथलेटिक्स सयोजक कृष्ण नेवारले बताउँछन् ।

गैरजिम्मेवारीपन देखाउने विद्यालयलाई अहिले के गर्ने र आगामी दिनमा के गर्ने भन्नेबारे जिल्ला खेलकुद समिति केहि सोच्न समेत सकेको छैन । राष्ट्रपति रनिङ शिल्डका लागि खेलहरु जारीनै छन् आलोचना र विरोध भैरहेको छ । खेलकु्द समिति र जिल्ला शिक्षा कार्यालयको समन्वय हुन नसक्दा खेलकुदमा पनि स्वार्थ र राजनीति भएको खेलप्रेमीको गुनासो छ । जिल्ला शिक्षा कार्यालयले विद्यालय स्तरको लागि आयोजना गरीएका खेलक्ुदमा गैरजिम्मेवारी पनि देखाउनुले पनि विद्यालयहरुलाइै शिल्डको लोभ लागेको र यस्तो भएको बुभिएको छ ।  सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा  ३१ विद्यालयले सहभागीता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ