२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा सवारी दुर्घटनामा परि दुई युवकको मृत्यु

२०७६, १८ बैशाख बुधबार १५:५३

वैशाख १८, धादिङ । पृथ्वीराजमार्गस्थित गल्छी गाउँपालिका–४ बेल्खुमा आज मोटरसाइकल र माइक्रो बस एक आपसमा ठोक्किएर भएको दुर्घटनापछि आएको अर्को सवारी साधनले मोटर साइकलमा सवार दुई जनालाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ ।

चितवनबाट काठमाडाँैतर्फ जाँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल र काठमाडाँैबाट नवलपरासीतर्फ आउँदै गरेको  बा ४ ख ५१०३ नम्बरको माइक्रो बस एक आपसमा ठोक्किएपछि मोटरसाइकलमा सवार काठमाडाँै जिल्ला चन्द्रागिरि नगरपालिका–५ का २९ वर्षीय राज महर्जन र सोही नगरपालिका वडा नं १२ का ३० वर्षीय कविकुमार महर्जन सडकमा लडे । सोही बेला ना ६ ख ५६१४ नम्बरको ट्रक ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवं  सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभयो ।

घटनापछि माइक्रो बस चालक र ट्रक चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको छ भने राजमार्ग कुनै अवरोध नभएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी