२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ को राजधानी तोक्न गठित आयोगले प्रतिवेदन बुझायो

२०७६, १९ बैशाख बिहीबार ०९:४८

बैशाख १९, जनकपुरधाम– प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।

आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री राउतलाई आज मुख्यमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएका हुन् ।

मुख्यमन्त्री राउतले प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनलाई अध्ययन गरी प्रदेशसभाको समितिलाई हस्तान्तरण गरिने बताए । उनले प्रदेशको स्थायी राजधानी अत्यावश्यक र आम जनताको चासोको विषय रहेकाले प्रतिवेदनलाई मन्त्रिपरिषद्मा छलफल गरी  विलम्ब नगरी  प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

आयोगका अध्यक्ष डा.झाले जनभावनाअनुरूप प्रजातान्त्रिक वातावरणलाई मध्यनजर गर्दै जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी, दलका प्रतिनिधिसँग बृहत् छलफल गरी अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको बताए । उनले प्रदेशका आठै जिल्लामा प्रश्नावली, विचार र छलफलका माध्यमबाट आएको सुझाव सङ्कलन गरी प्रतिवेदनमा समेटिएको जानकारी गराए ।

आठ सय जनालाई प्रश्नका माध्यमले सुझाव सङ्कलन र आठै जिल्लामा बृहत् छलफल कार्यक्रम गरी प्रतिवेदन तयार गरिएको छ भन्दै उनले प्रदेशको राजधानीमा जनकपुर, वीरगञ्ज, सिमरौनगढ, बर्दिवासलगायत नाम र प्रदेशको नामकरणमा मधेश, मध्य मधेश, मिथिला, मिथिला–भोजपुरा, जानकीलगायत नाम सुझावबाट आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी