२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

प्रदेश नं २ को नाम र राजधानीसम्बन्धी प्रतिवेदन हस्तान्तरण

१९ बैशाख २०७६, बिहीबार १६:३७

वैशाख १९, धनुषा । प्रदेश नं २ को नाम र स्थायी राजधानी बारे सुझाव सङ्कलन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । 

प्रतिवेदन हस्तान्तरणपछि डा झाले प्रदेशको नाम र राजधानीबारे जनता र जनप्रतिनिधिको राय सङ्कलन गर्न आठवटै जिल्लाको सदरमुकाममा सार्वजनिक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधि, नागरिक समाज, पेशागत सङ्घ सङ्गठन र सर्वसाधारणसमेतको राय सङ्कलन गरी प्रतिवेदन तयार पारिएको बताउनुभयो । मुख्यमन्त्री राउतले आयोगले जनभावना अनुरुप प्रस्तुत गरेको प्रतिवेदनमाथि मन्त्रिपरिषद्मा छलफल गरी नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभामा लैजाने प्रतिबद्धता जनाउनुभयो । 

भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, समाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा,  सुझाव सङ्कलन आयोगका सदस्यसहितको उपस्थिति थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य