२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नाकाबन्दीले कुखुरा व्यवसाय धरासायमा

२३ कार्तिक २०७२, सोमबार ०१:२१

प्रज्वल पौडेल, कात्तिक २३, रामेछाप
 कुखुराको मासुमा पूर्णरुपमा आत्मनिर्भर रामेछापमा व्यावसायिक कुखुरा पालन धरासायी बनेको छ ।
महिनौदेखिको नाकाबन्दीले कुखुराको दाना र चल्ला आयात गर्न नसक्दा कुखुरा पालक व्यावसाय नै धरापमा परेको
हो । रामेछापका ५ सय भन्दा बढी कुखुरा व्यवसायीहरुले महिनामा ५० हजार चल्ला आयात गरी रामेछाप, दोलखा,
सोलुखुम्बु, काठमाडौँ र तराइका जिल्लामा समेत मासु निर्यात गरिरहेका थिए । तर गत २ हप्तादेखि चल्ला,
प्लेट दाना आयात र मासु निर्यात शून्यमा झरेको व्यवसायीले गुनासो गरेका छन् । व्यापारी र वितरकले दाना र
चल्ला नदिएपछि आफ्नो व्यवसाय नै संकटमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

मन्थलीका चल्ला वितरक एवम् पशुपालन विज्ञ टंककुमार श्रेष्ठ व्यवसायीको माग बमोजिम दाना
र चल्ला दिन नसकेको स्वीकार गरे । नाकाबन्दीका कारण भारतबाट आइरहेको मिनरल, खनिज, चुनढुंगा लगायतका
कच्चा पदार्थ भित्रिन नसकेपछि सिमरा, हेटौँडा, काठमाडौँमा रहेका दाना उद्योग नै बन्द भएको श्रेष्ठले
बताए । दानाको अभावमा कुखुरा मर्न लागेको र युवाहरुले सञ्चालन गरिरहेको कुखुरा पालन व्यवसाय टाट पल्टिने
अवस्था आएको श्रेष्ठले बताए । ३० लाख भन्दा बढी लगानी गरी २ हजार भन्दा बढी कुखुरा पाल्दै आएका
व्यवसायीले आफूहरुलाई कुखुराले डुबाएकाले तत्काल सरकारले पहल गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…