२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नाकाबन्दीले कुखुरा व्यवसाय धरासायमा

२०७२, २३ कार्तिक सोमबार ०१:२१

प्रज्वल पौडेल, कात्तिक २३, रामेछाप
 कुखुराको मासुमा पूर्णरुपमा आत्मनिर्भर रामेछापमा व्यावसायिक कुखुरा पालन धरासायी बनेको छ ।
महिनौदेखिको नाकाबन्दीले कुखुराको दाना र चल्ला आयात गर्न नसक्दा कुखुरा पालक व्यावसाय नै धरापमा परेको
हो । रामेछापका ५ सय भन्दा बढी कुखुरा व्यवसायीहरुले महिनामा ५० हजार चल्ला आयात गरी रामेछाप, दोलखा,
सोलुखुम्बु, काठमाडौँ र तराइका जिल्लामा समेत मासु निर्यात गरिरहेका थिए । तर गत २ हप्तादेखि चल्ला,
प्लेट दाना आयात र मासु निर्यात शून्यमा झरेको व्यवसायीले गुनासो गरेका छन् । व्यापारी र वितरकले दाना र
चल्ला नदिएपछि आफ्नो व्यवसाय नै संकटमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

मन्थलीका चल्ला वितरक एवम् पशुपालन विज्ञ टंककुमार श्रेष्ठ व्यवसायीको माग बमोजिम दाना
र चल्ला दिन नसकेको स्वीकार गरे । नाकाबन्दीका कारण भारतबाट आइरहेको मिनरल, खनिज, चुनढुंगा लगायतका
कच्चा पदार्थ भित्रिन नसकेपछि सिमरा, हेटौँडा, काठमाडौँमा रहेका दाना उद्योग नै बन्द भएको श्रेष्ठले
बताए । दानाको अभावमा कुखुरा मर्न लागेको र युवाहरुले सञ्चालन गरिरहेको कुखुरा पालन व्यवसाय टाट पल्टिने
अवस्था आएको श्रेष्ठले बताए । ३० लाख भन्दा बढी लगानी गरी २ हजार भन्दा बढी कुखुरा पाल्दै आएका
व्यवसायीले आफूहरुलाई कुखुराले डुबाएकाले तत्काल सरकारले पहल गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन