२१ औं हप्तामा पुग्यो अभियान

Posted on: 29 Apr, 2016

indexपर्वत ।प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललको नेतृत्वमा चलेको सफा क्ुश्मा अभियानले २१ औं हप्ता सफलताका पूर्वक पार गरेको        छ । २१ औं हप्ताको अबसरपारी जिल्लाको लोकतन्त्रचोक देखि फोहोर संकलन गर्दै शविालयचोक सम्म पुगिएको थियो । अभियान जिल्लामा रहेका  सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारी, क्लब र सुरक्षा निकायको सहभागीता रहेको थियो ।

सफा कुश्मा अभियानले २१ औं हप्ता पारे गरेता पनि नागरिक भने अझै तप्परताका साथ सफा कुश्मा अभियानमा सरिक हुन भने सकेका छैन । जसका कारण सफा क्ुश्मा अभियान  कुश्मा बासीका लागि कागलाई बेल पाक्योे हर्ष नि विस्मात् जस्तै बन्न पुगेको छ । अभियान दैलोमा पुग्दा पनि नगरबासी अभियानमा सरिक भएको देखिदैन जसका कारण अभियानको प्रभावकारीता हु्न सकेको छैन ।

सरोकारवाला निकाय कुश्मा नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय , खानेपानी तथा सरसफाई डिभिजनको समन्वयन हुन नसकेका कारण यस्तो भएको हो की भन्ने हाम जनमानसमा  हुन थालेको छ । त्यसैले अभियानलाई सार्थक र प्रभावकारी बनाउनको लागि सरोकारवाला निकायले आफ्ना संयन्त्रको सहि तरिकाले प्रयोग गर्नुपर्ने देखिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!