६ करोडको लगानीमा मिनि मार्केट

Posted on: 29 Apr, 2016

20160426_104400पर्वत, धौलागिरीमा पहिलो पटक मिनि मार्केट संचालनमा आउने भएको छ । पर्वतको कुश्माबजारको लोकतान्त्रिचोकमा ६ करोडको लगानीमा मोती मिनि मार्केट संचालनमा आउन लागेको हो ।

ग्राहकहरुको सेवा र सुविधाको लागि एउटै छानामुनि सवै प्रकारको सेवा र सुविधान दिनको लागि आफुले लगानी गरेको मिनि मार्केट संचालक शरद कुमार जोशीले बताउँछन् । उनको एकल लगानीमा ५ करोडको जग्गा र १ करोड २० लाखको भौतिक संरचना निर्माण भएको  मिनि मार्केटमा ५५ वटा सटरहरु रहेका छन् ।

आफ्ना हजुरबुवा  मोतिप्रसाद जोशीको सम्झनामा उनले उक्त मार्केटको निर्माण गरेका हुन् । देशका ठूलाठूला शहरमा यस्ता किसिमका  मार्केटहरु भएता पनि धौलागिरी अंचलमा नभएका कारण आफुले मिनि मार्केटका संचालन गर्ने सोच बनाएको संचालक जोशीको भनाई छ । मिनि मार्केटमा रहेका सटहरु न्यूतम शुल्क भने अतिनै सस्तो रहेको छ ।

अन्यन्त्र ७ हजार देखि २० हजार रुपैयाँ सम्ममा उपलब्ध हुने सटहरु २ देखि ३ हजारसम्ममा उपलब्ध गराएको जोशीको भनाई छ । ¬मिनि मार्केटको संचालनबाट जिल्लाबासीलाई धेरै राहत मिल्ने उनको बुझाई छ । जिल्लामा मिनि मार्केट संचालनमा आउनाले धेरै राहत मिल्ने सेवाग्राही रमा श्रेष्ठले बताइन् । जिल्लामा अन्य पसलमा भन्दा मार्केटमा १० देखि १५ प्रतिशत सम्म सस्तो भएको श्रेष्ठको भनाई छ ।

एउटै छानाम्ुनि किचनमा प्रयोग हुने सामानदेखि खाद्यन्न, इलेक्ट्रोनिक सामानदेखि लत्ताकपडा, सौन्दर्यका सामाग्री, फ्रेसहाउस र तरकारी तथा फलफुल, होटलहरु संचालनमा आइरहेका छन्  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!