सातौं राष्ट्रपति प्रतियोगिता सम्पन्न

Posted on: 29 Apr, 2016

rastapati khel पर्वत जिल्ला खेलकुद विकास समितिको आयोजना संचालन भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको     छ ।   बैशाख ४ देखि छनोट खेल शुरु भएको उक्त कार्यक्रमको शुक्रबार समापन भएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको उपाधी लगातार तीन पटक सम्म विजय हासिल गरी दुर्लुङको सुर्यप्रकाश उमाविले लगेको छ ।

उक्त कार्यक्रममा गुरुकुल एकेडेमी दोस्रो भयो भने पशुपति उमावि राम्जाले तृतीय स्थान पायो विजेताले शिल्ड सहित नगद ३० हजार, द्धतियले २० हजार र तृतीय हुनेले १० हजार पाए ।     विद्यालय स्तरका विद्यार्थीलाई समावेश गरी उनीहरुको प्रतिभाको प्रष्फुटन गर्ने उदेश्यका साथ उक्त कार्यक्रको आयोजना गरेता पनि सोही अनुसार पनि खेलमा विद्यार्थी सहभागी हुन सकेनन् । गैर विद्यार्थीलाई समावेश गरी शिल्ड र उपाधी हत्याउनको लागि क्षेत्र नं १ का विद्यालयहरुले     गैरजिम्मेवारी पूर्ण र असोभनीय कार्य गरेको खेल हेर्न आएका दर्शकले गुनासो गरे ।

जसका कारण स्कुले बालबालिकाको प्रतिभामाथि कुण्डाघात मात्रै भएन सम्बन्धीत विद्यालयले गरेको अशोभनीय कार्यको निन्दा समेत भएको छ ।     खेलाडी बाहिरबाट ल्याए विद्यालयले प्रमाणिकरण गरी खेलमा समावेश गरेका कारण पनि खेलमा भने बालबालिकाको बास्तविक प्रतिभा प्रष्फुटन भने हुन सकेन । खेलमा चुल्ठे, मुन्द्रे र उमेर खाएका विद्यार्थी समावेश गरीएका कारण यो खेल विद्यालय स्तरीय नभई अन्य क्लबले आयोजना गरेको खेल जस्तो भएको दर्शकको बुझाई थियो ।

आफ्नो विद्यालयको लागि पदक दिलाउनको लागि गैरजिम्मेवारी पन देखाउने विद्यालयलाई उजुरी परे र सम्बन्धी खेलाडीको प्रमाणिकरण गलत भएको भए त्यस्ता विद्यालयलाई कारवाही गर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ तर जिल्ला शिक्षा कार्यालयमा त्यस्ता गुनासो भने नपरेको  बुझिएको     छ ।

जिल्ला खेलकुद विकास समितिका कर्मचारीनै खेलमा गैरजिम्मेवारी पन भएको स्वीकार गर्छन भने सम्बन्धीत विद्यालयले पनि खेलमा धाधली र गैरजिम्मेवारी पन तथा स्वार्थ लुकेको बताउँछन् । खेलमा विजेता हुने विद्यालयले अधिकांश गैरविद्यार्थीको साहरा लिएको जतातै चर्चा चलेको छ  । बाहिरबाट खेलाडी झिकाई खेलमा पैसाको कारोबार गरेको तथा सहभागी भएका भनीएका  गैरविद्यार्थीलाई सात र आठको विद्यार्थी भएको देखाइएको छ ।

शैक्षिक शत्र भर्खर शुरु भएका कारण विद्यालयलाई गैरविद्यार्थी खेलमा समावेश गराउनको लागि सहज भएको सरोकारवाला निकायको बुझाइ  छ । अब ति गैरजिम्मेवारी भनीएका विद्यार्थी  नियमी विद्यालय आउँछन की खेलका लागि त्यो भने प्रतिक्षा र अुनगमनको विषय बनेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!