सप्ताव्यापी कार्यक्रमको आयव्यय सार्वजानिक

Posted on: 29 Apr, 2016

पर्वत वैशाख १६ गते ।रोट¥याक क्लब अफ पर्वतले आफ्नो स्थापना दिवसको अबसर पारी आयोजना गरेको कार्यक्रमको आयव्यय सार्वजानिक गरेको छ । १८ बर्षभन्दा माथि र ३० बर्षभन्दा मुनिमा युवापुस्ताहरुको सहभागिता रहेको क्लबले सप्ताव्यापी कार्यक्रममा ५ लाख ८८ हजार २ सय ७० रुपैयाको खर्च विवरण सार्वजानिक गरेको छ । सोही कार्यक्रममा आर्थिक अबस्था कमजोर भएका कारण उच्च शिक्षा हासिल गर्न नसेकका विद्यार्थीलाई सहयोग स्वरुप नगद समेत हस्तान्तरण गरीएको थियो । क्लबका अध्यक्ष रो. सन्तोष पौडेले आफ्नो जन्म दिनको अबसरमा एन्जील सुवेदीलाई १० हजार र अन्यको गरी १४ हजार र कपी हस्तान्तरण गरेका थिए भने जिल्ला अस्पताललाई फिल्टर समेत प्रदान गरेका थिए ।

फागुन २९ गतेबाट शुरु भएको उक्त सप्ताव्यापी कार्यक्रम अन्तरगत फागुन ३० गते जनताधन उमावि बलेवाका दृष्टिविहिनहरुलाई घडी प्रदान गर्ने, चैत्र १ मा खौलालाकुरी मावि खौलामा झोला, डूेस तथा शैक्षिक सामाग्री वितरण, २ गते मोदीबेमणीमा रहेका बृद्धबृद्धालाई सम्मान तथा स्वास्थ्य उपचार एवं सोलार बत्ती हस्तान्तरण,  शिवालय चोकमा टूाफिक अबार्डनेस कार्यक्रम, चैत्र ३ गते मुडिकुवा ८ रुग्दीमा ह्वेल चियर तथा स्टेचर वितरण, ४ गते शसस्त्र प्रहरी चण्डीका गण्मा उवासंघ पर्वतसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता, ५ गते शिवालय बहुमुखी क्याम्पस कुश्मामा लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेता कार्यक्रम गरेको थियो । विहिबार बसेको क्लबको बैठकमा उक्त सप्ताव्यापी कार्यक्रममा संयोजक बनेका हरुले आआफ्नो प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!