२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

राति १० बजेसम्म मात्रै देउसी, भैलो खेल्न जिल्ला प्रहरी कार्यालयको आग्रह

२०७२, २४ कार्तिक मंगलवार ०१:५४

प्रज्वल पौडेल/२४ कार्तिक , रामेछाप  ।  जिल्ला प्रहरी कार्यालय रामेछापले
तिहारमा देउसीभैलो लगायतका कार्यक्रम राती १० बजेसम्म मात्रै खेल्न सर्बसाधरणमा अनुरोध गरेको छ ।
सदरमुकाम मन्थलीमा माइक मार्फत जानकारी गराउदै बजारबासीहरुलाइ रातको समयमा अवाञ्छित गतिविधिमा संलग्न
व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पु¥याउन सक्ने भएकाले सुरक्षालाई दृष्टिगत गरी देउसी, भैलो
राति १० बजेसम्म मात्रै खेल्न प्रहरीले अनुरोध गरेको छ ।

कार्यालयले भुँइचम्पा, पटाका, आतसबाजीजस्ता विष्फोटक
पदार्थको प्रयोगबाट स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति
हुनसक्ने भएकाले तिहार तथा छठ पर्वका अवसरमा त्यस्ता विष्फोटक पदार्थको उत्पादन, आयात निर्यात, बिक्री
वितरण नगर्न सचेत गराएको छ ।

यसैविच नेपालीहरुको दोस्रो
ठुलो चाड तिहार सुरु भएसँगै रामेछाप सदरमुकाम मन्थलीका बजारहरुमा चहलपहल बढेको छ । दाजु, बहिनी तथा दिदि
भाई बिचको प्रेमसद्भाब झल्काउने पर्वको रुपमा लिईने तिहारमा सबैभन्दा बढि बिक्रि वितरण हुने सप्तरङगी
टीका, भाइ मसला, दियोबत्ती, नरिवल, मिश्री,फलफुल लगाएतका सामानहरु खरिद तथा बिक्रि गर्नेहरुको बजारमा
भिड लाग्न थालेको छ । बिशेषगरी दिदि ,बहिनीहरुले आ आफ्ना दाजुभाईका लागी मिठा मिठा परिकार तथा फुलमाला र
नयाँ पहिरनले सजाएर भाईटिकाको दिन स्वागत गर्ने भएकाले पनि यतिबेला बजारहरुमा दिदिबहिनीहरुको घुँईचो
लागेको हो ।

यसैबिच तिहारमा सेल रोटि पकाउनका लागी बजारमा
प्रयाप्त खाने तेल नपाउदा चेलिबेटिहरु चिन्तामा परेका छन् । भारतको अघोषित नाकाबन्दीका कारण बजारमा
खानेतेलको अभाब भएपछि तिहारमा दाजुभाईलाई खुवान सेलरोटि पकाउनका लागी समस्या भएको बजारमा किनमेल गर्न
सदरमुकाम मन्थली बजारमा आएका उपभोक्ताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन