२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

राति १० बजेसम्म मात्रै देउसी, भैलो खेल्न जिल्ला प्रहरी कार्यालयको आग्रह

२४ कार्तिक २०७२, मंगलवार ०१:५४

प्रज्वल पौडेल/२४ कार्तिक , रामेछाप  ।  जिल्ला प्रहरी कार्यालय रामेछापले
तिहारमा देउसीभैलो लगायतका कार्यक्रम राती १० बजेसम्म मात्रै खेल्न सर्बसाधरणमा अनुरोध गरेको छ ।
सदरमुकाम मन्थलीमा माइक मार्फत जानकारी गराउदै बजारबासीहरुलाइ रातको समयमा अवाञ्छित गतिविधिमा संलग्न
व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पु¥याउन सक्ने भएकाले सुरक्षालाई दृष्टिगत गरी देउसी, भैलो
राति १० बजेसम्म मात्रै खेल्न प्रहरीले अनुरोध गरेको छ ।

कार्यालयले भुँइचम्पा, पटाका, आतसबाजीजस्ता विष्फोटक
पदार्थको प्रयोगबाट स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति
हुनसक्ने भएकाले तिहार तथा छठ पर्वका अवसरमा त्यस्ता विष्फोटक पदार्थको उत्पादन, आयात निर्यात, बिक्री
वितरण नगर्न सचेत गराएको छ ।

यसैविच नेपालीहरुको दोस्रो
ठुलो चाड तिहार सुरु भएसँगै रामेछाप सदरमुकाम मन्थलीका बजारहरुमा चहलपहल बढेको छ । दाजु, बहिनी तथा दिदि
भाई बिचको प्रेमसद्भाब झल्काउने पर्वको रुपमा लिईने तिहारमा सबैभन्दा बढि बिक्रि वितरण हुने सप्तरङगी
टीका, भाइ मसला, दियोबत्ती, नरिवल, मिश्री,फलफुल लगाएतका सामानहरु खरिद तथा बिक्रि गर्नेहरुको बजारमा
भिड लाग्न थालेको छ । बिशेषगरी दिदि ,बहिनीहरुले आ आफ्ना दाजुभाईका लागी मिठा मिठा परिकार तथा फुलमाला र
नयाँ पहिरनले सजाएर भाईटिकाको दिन स्वागत गर्ने भएकाले पनि यतिबेला बजारहरुमा दिदिबहिनीहरुको घुँईचो
लागेको हो ।

यसैबिच तिहारमा सेल रोटि पकाउनका लागी बजारमा
प्रयाप्त खाने तेल नपाउदा चेलिबेटिहरु चिन्तामा परेका छन् । भारतको अघोषित नाकाबन्दीका कारण बजारमा
खानेतेलको अभाब भएपछि तिहारमा दाजुभाईलाई खुवान सेलरोटि पकाउनका लागी समस्या भएको बजारमा किनमेल गर्न
सदरमुकाम मन्थली बजारमा आएका उपभोक्ताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…