एमाले पर्वतको बैठकमा विकास निर्माणमा चासो

Posted on: 02 May, 2016

लामो समयपछि बैठक बस्न सफल भएको नेकपा एमाले पर्वतको चौथो बैठकले संगठन निर्माणसँगै जिल्लाका विकास निर्माणमा ध्यान समेत दिएको छ । एमाले पर्वतले शनिवार पत्रकार सम्मेलन गर्दै कालीगण्डकी लोकमार्गका कामलाई तिब्रता दिन, भुपि शेरचन राजमार्गलाई जिर्णोद्धार र विस्तार, भुकम्पको क्षतिको पुननिर्माण, नाकाबन्दी पछि कालोबजारी गर्नेलाई कडा कारबाही, प्राकृतिक साधान श्रोत माथिको गैरकानुनी उत्खनन, कोरला नाका संचालनमा पहल, विभिन्न स्थानमा बैंक शाखा संचालन गर्नेमा जोड दिने, प्रशासनिक सेवा केन्द्र हुवासमा संचालन गर्ने सरकारी निर्णयको कार्यान्यनमा जोड दिने लगायतका विषयमा पार्टीले छलफल चलाउने जानकारी दिएको हो ।

एमाले पर्वतले जिल्लाका ४७ वटा गाविस र १ नगरपालीकामा एकै पटक वैसाख २५ गते बैठक बस्ने र सरकारका गतिविधी तथा नाकाबन्दीले पारेको समस्या लगायत पार्टीका गतिविधी तथा संगठन निर्माणमा छलफल हुने समेत जनाएको छ । एमालेले जिल्लामा ८ वटा कलष्टर क्षेत्र निर्माणमा गरी ति क्षेत्रमा कलस्टर स्तरीय भेला गरी कार्यक्रम गर्ने समेत जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले पर्वतका अध्यक्ष पदम गिरी, जेष्ठ कम्युनिष्ट सदस्य तोयनाथ चालिसे, उपाध्यक्ष भक्त कुँवर, सचिव पदमपाणी शर्मा लगायतका पार्टीका पदाधिकारीहरु सहभागि थिए । एमाले पर्वतले पार्टीका विभिन्न क्षेत्र हेर्ने ८ वटा विभागिय प्रमुखहरु समेत तोकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!