Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  
२०८२, ५ चैत्र बिहीबार
धादिङ्ग - DHG

धादिङमा भिरमौरीको मह खाँदा दश जना बिरामी

२०७६, २२ बैशाख आईतवार १६:३०

 वैशाख २२, धादिङ विकट उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं ४ बोराङमा भिर मौरीको मह खाँदा आज १० जना बिरामी परेका छन् । बिरामीपर्नेमा ५२ वर्षीय नोप्चा लामा, ६२ वर्षीय च्याजोम तामाङ, २० वर्षीय हिमाल विक, २४ वर्षीय लालु विक, १५ वर्षीया सुष्मा तामाङ, १६ वर्षीय मे लामा तामाङ, ४२ वर्षीया मेञ्जित माया तामाङ, ५२ वर्षीय चोकबहादुर तामाङ, ५५ वर्षीय कान्छा लामा तामाङ र सोही गाउँपालिका वडा नं ४ हन्दिुङ निवासी ३५ वर्षीय तेसमान तामाङ रहेका छन् ।

बिरामीमध्ये तेसमान र कान्छा लामाको अवस्था गम्भीर भएकाले उपचार हुन नसकी हेलिकप्टरको सहायताले काठमाडौँ लगिएको सामाजिक कार्यकर्ता विजय तामाङले टेलिफोनबाट जानकारी दिनुभयो । सामान्य बिरामी परेका अन्य आठ जनाको बोराङ स्वास्थ्य बिन्दुमा उपचार भइरहेको छ ।

आज बिहान ९ः३० बजेतिर मह खाएका उनीहरुमा बान्ता गर्ने, थरथर काम्ने र बेहोस हुने लक्षण देखिएको थियो । उनीहरु शनिबार रुविभ्याली गाउँपालिका वडा नं ४ र खनियाबास गाउँपालिका वडा नं १ को झार्लाङको बीचमा पर्ने भिरमा भिरमौरीको मह ल्याइएकामा गाउँका १३ जनाले सो मह खाएपछि १० जना बिरामी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी