२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

देउसी भैलो कार्यक्रममा १ लाख ७५ हजार रकम संकलन

२५ कार्तिक २०७२, बुधबार ०८:५५

प्रज्वल पौडेल । कात्तिक २५,
रामेछाप । अरुणोदय माध्यामिक विद्यालय सैपु रामेछापले देउसी भैलो कार्यक्रमबाट १ लाख ७५ हजार रकम संकलन
गरेको छ । तिहारको अवसरमा वडा नं १ र सिरिसे, ढाँडे बजारमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट उक्त
रकम संकलन भएको विद्यालयले जनाएको छ ।

कार्यक्रमबाट संकलन भएको
रकम विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक हितकुमार कार्कीले बताए
। विद्यालय भवन निर्माण क्रम जारी रहेको र आर्थिक अभाव भएकाले देउसी भैलो कार्यक्रम मार्फत रकम संकलन
गरिएको कार्कीले जानकारी दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सबैभन्दा बढि १० हजार
५ सय रकम सहयोग गरेको कार्कीले बताए । स्थानीय लाल प्रसाद पौडेलको संयोजकत्वमा संचालन भएको कार्यक्रममा
विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकको सहभागिता थियो ।

यसैविच युवा संघ नेपाल र अखिल नेपाल महिला संघ रामेछापको आयोजनामा सदरमुकाम मन्थलीमा हिजो र
आज देउसी भैलो कार्यक्रम संचालन गरेको छ । देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकम सामाजिक सेवाको
क्षेत्रमा खर्च गरिने युवा संघ नेपालका अध्यक्ष बुद्ध लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…