धनपतिले गरे विद्यालयलाई ४ रोपनी जग्गा दान

Posted on: 02 May, 2016
20160427_143803पर्वत, जिल्लाको बर्राचौरमा रहेको जनसेवा प्रथामिक विद्यालयलाई यहाँका एक समाजसेविले ४ रोपनी जग्गा दान गरेका छन् । धनपति न्यौपानेले उक्त विद्यालयलाई ४७२ कित्ता नब्बरको ४ रोपनी ११ आना १ पैसा १ दामको जग्गा दान गरेका हुन् । बर्राचौर ९ नौनादी निवासी न्यौपाने हाल चितवन माडी नगरपालिका २ भैरवपुरमा बस्दै आएका छन् । विद्यालय सार्वजानिक चौरमा रहेको र विद्यालयको आर्थिक अबस्था कमजोर भएका कारण आफुले विद्यालयलाई जग्गा दान गर्ने योजना बनाएको न्यौपाने बताउँछन् । विद्यालयको सम्पत्तीको नाममा कुनै पनि भौतिक सम्पत्ती नभएको र सार्वजनिक चौरमा विद्यालय रहेका कारण आफुलाई जग्गा दान गर्ने इच्छा जागेका कारण आफुले दान गरेको बताएका छन् । वडा नं ९ मा बस्ने भएता पनि  वडा १ मा रहेको उक्त विद्यालयलाई जग्गा दान गर्न आफु इच्छुक भएका कारण जग्गा दान गरेको बताए । सार्वजानिक चौरमा रहेको उक्त विद्यालयको नाममा  यो भन्दा अगाडी  कुनैपनि जग्गा नभएको र उनले जग्गा दान गरेपछि विद्यालयको पहिलो सम्पत्ती स्वरुप उक्त जग्गा भएको विद्यालयका प्रधानाध्यापक यज्ञनारायण पराजुली बताउँछन् । विद्यालयको लागि न्यौपानेले जग्गा दान गरेरे ठूलो पुण्य गरेको भन्दै पराजुलीले उक्त जग्गालाई विद्यालयको आर्थिक स्रोत बनाउने बताएका छन् । उक्त जग्गामा घाँस तथा अन्य छिटो काठ उत्पादन हुने विरुवा लगाई विद्यालयको आर्थिक अबस्था मजबूत बनाउनको लागि प्रयोग गरीने बताए । विद्यालयका विव्यस अध्यक्ष नरेन्द्र क्षेत्रीले न्यौपानेको सफा ह्दयका कारण विद्यालयको सम्पत्तीको नाममा जग्गा उपलब्ध भएको बताएका छन् । गाविसमा अन्य यस्तै समाजको सेवा गर्ने मनका मानिसहरु भए विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा बृद्धि हुने बताए ।

“दरबन्दी वितरण गर्दा   राजनीतिक पहु“चको आधारमा वितरण गर्दा आफ्नो विद्यालयमा आवश्यक अनुसारको दरबन्दी नपाएको विद्यालयले गुनासो गरेको छ ।”

शिक्षा कार्यालयले पहुँचका आधारमा दबरन्दी बाँड्यो उक्त विद्यालयका प्रधानाध्यापक पराजुली तथा विव्यसका अध्यक्ष क्षेत्रीले शिक्षा कार्यालयले विद्यालयमा शिक्षकको दरबन्दी दिनको लागि हिचकिचाएको बताएका छन् । पहुँचका आधारमा र राजनीतिक आडमा शिक्षा कार्यालयले शिक्षक दरबन्दी वितरण गरेको उनीहरुको आरोप छ । अन्य विद्यालयमा आवश्यक भन्दा बढी शिक्षकको दरबन्दी भएको तर आफ्नो विद्यालयमा शिक्षकको दरबन्दी कम भएका कारण शैक्षिक गुणस्तर उकास्नको लागि कठिन भएको उनीहरुको गुनासो छ । उक्त विद्यालयमा स्थायी २ र राहतका १ गरी तीन जना शिक्षक रहेका छन् । प्रथामिक तहका लागि ५ जनाको दरबन्दी हुनुपर्ने भएता पनि शिक्षा कार्यालयले दरबन्दी नदिदाँ आफुहरु समस्यामा परेको विद्यालयका प्रअ पराजुली बताउँछन् । विद्यालयमा आवश्यक अनुसारका शिक्षक नहुदाँ नीजि स्रोतबाट एक जना शिक्षक राखिएको विद्यालयले बताएको छ । विद्यालय रहेको सार्वजानिक चौरको घाँस विक्रि, विवाह तथा गाउँमा जागिरे आए चन्दा मागेर र विद्यालयमा भएको दुइ वटा रुखकटरको बोटबाट सिजनमा कटहर  तथा दाउरा बेचेर नीजि स्रोतबाट शिक्षक चलाइएको विद्यालयले जनाएको छ । २०४६ सालमा स्थापना भएको उक्त विद्यालयमा ९६ जना विद्यार्थी अध्ययनरत छन् । भूकम्पले दुख दियो बैशाख १२ र २९ गते गएको महाविनासकारी भूकम्पका कारण विद्यालयले ठूलो क्षती व्यहोरेको छ । भूकम्पबाट ४ वटा कोटा ध्वस्त भएको विद्यालयले जनाएको छ । ध्वस्त भएका कोठा मध्ये जिल्ला शिक्षा कार्यालयको सहयोगमा दुई वटा कोटाको निर्माण कार्य शुरु भएको विद्यालयले जनाएको छ । भएको भौतिक संरचना पनि भूकम्पले ध्वस्त बनाउँदा आफुहरु टुहुरा जस्तै भएको र अहिले पालमा पठनपाठन गराउँदै आएको विद्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!