२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-गैरजिम्मेवार पन

२०७३, २० बैशाख सोमबार १०:१६

निजामति कर्मचारी केकालागि सरकारले आफ्नो ढुकुटी रित्याएर पालेको छ ? किन निजामति कर्मचारीलाई सरकारले करोडौ रकम पोसेर आफ्नो कर्मचारी बनाएको छ ? पक्कै पनि आम नागरीकको सेवासुविधाको लागि राज्यले करोडौ रकम खर्चेर निजामती कर्मचारीलाई आवश्यक सेवा सुविधा दिएर जनताको सेवामा लाग्नको लागि यसो गरीरहेको छ ।

दुर   दराजमा भएका आम नेपाली नागरीकको लागि आवश्यक पर्ने समस्या र उनीहरुलाई राज्यको अभाव  खड्कीनबाट मुक्त गराउनको लागि पनि    राज्यले कर्मचारी पालेर राखेको छ । तर दुर्भाग्य राज्यले निजामति     कर्मचारीका रुपमा राखेका व्यक्ति गैरजिम्मेवारी देखिदाँ त्यसको दोष सरकारलाई हुने गरेको छ । सरकारले किन यस्ता गैरजिम्मेवारी व्यक्तिलाई राज्यको कोषको रकम खर्चेर पालिरहेको छ भन्ने आम नागरीकले प्रश्न गरीरहेका   छन् ।

एकै दिनमा जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका  २२ अधिकृत सहित १ सय ७ जना गरी कुल १ सय २९ जना कर्मचारी विना सुचना तथा सम्बन्धीत कार्यालयमा जानकारी विनानै आफ्नो जिम्मेवारीलाई तिलाञ्जली दिएर राष्ट्रको सेवाका लागि काम गर्छु भन्दै सेवामा पसेका कर्मचारीले देखाएको अशोभनीयपनका कारण त्यसको सास्ती नेपाली नागरिकले झेल्नुपरेको छ । वन कार्यलयका एक अधिकृत र ४ जना सहायक , खानेपानी तथा सरसफई डिभिजनका  एक अधिकृत र पाँच  सहायक, जिल्ला स्वाथ्यका दुई अधिकृत पाँच सहयाक ,  जिल्ला कृषि कार्यलयका एक अधिकृत र पाँच सहायक  ,महिला तथा वालवालिका कार्यलयका दुई  सहायक रहेका छन् ।

त्यसैगरी सीप विकास कार्यलयका  तीन , जिल्ला हुलाकका ६,  शिक्षा कार्यलयका ४ अधिकृत र ४ सहायक , पश्चिमाञ्चल सिँचाई डिभिजनका २ अधिकृत २ सहायक, मालपोत कार्यलयका ४ जना सहायक ,नापि शाखाका १ अधिकृत ७ सहायक ,कुश्मा नगरपालिकाका ३ सहायक ,घरेलु विकास समीतीका २ अधिकृत , जिल्ला भुंरक्षण कार्यलयका  १ अधिकृत २ सहायक ,नेपाल विद्युत प्रधिकरण शाखाका एक अधिकृत १६  सहायक ,  पशु सेवा कार्यलयका  २ सहायक र  जिल्ला विकास समीतीका २ अधिकृत र ९ जना सहायक रहेका छन् ।
यसरी एकदिनमा एकैपटक विना सुचना निजामित कर्मचारी सम्बन्धी कार्यालयमा अनुपश्थीत हुनुले उनीहरुको गैरजिम्मेवारी पन त देखिएको छ उनीहरुको जनताको सेवाको लागि भन्दा आफ्नो जागिरको तारिक थाम्नाको लागि कार्यालय आउने गरेको पनि किटान गर्न सकिन्छ ।

आफ्नो कर्तव्यबाट टाढा जाने र नागरिकको सेवालाई प्रभावित पार्ने यस्ता कर्मचारीलाई बहिष्कार गरी राज्यले उनीहरुलाई निलम्बन गर्ने खालको नीति निर्माण र कार्यन्वयनमा ल्याउन जरुरी छ । अन्यथा यस्ता घटना पटक पटक दोहोरिन सक्छ त्यसैले यस्तो कर्मचारीलाई कानूनी कठघारामा ल्याइ दण्ड सजायको भागेदारी बनाउन आवश्यक छ । तब मात्र कर्मचारी आफ्नो जागिरको तारिक थाम्नमात्र नभई जनताको सेवामा लाग्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन