२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तीन लाख सहयोग

२०७३, २१ बैशाख मंगलवार ०५:०३

देउराली गाविसस्थित मुसुराबारी सामुदायिक वन उपभोक्ता समूहका अति विपन्न बीस परिवारलाई आयआर्जन अभिवृद्धिका लागि वार्षिक पाँच प्रतिशत ब्याजमा प्रति परिवार पन्ध्र हजारका दरले शनिवार रकम वितरण गरिएको छ ।

रकम वितरण गर्दै सामुदायिक वन उपभोक्ता महासंघ, पर्वतका अध्यक्ष किशोर सापकोटाले आर्थिक अवस्था कमजोर भएका विपन्न उपभोक्ताहरुको आयआर्जनमूलक क्रियाकलापमा सहयोग पुर्याउने उद्देश्यका साथ रकम वितरण गरिएको बताउनुभयो । बहुसरोकारवाला वन कार्यक्रम र लीबर्डको सहयोगमा सामुदायिक वन उपभोत्ता महासंघ, पर्वतले मुसुराबारी सामुदायिक वन उपभोक्ता समूहलाई उपलब्ध गराएको उक्त रकम समूहले घुम्तिकोषका रुपमा परिचालन गर्दै जाने समूहका सदस्य विष्णु शर्माले बताउनुभयो ।

पहिलो चरणको घुम्तिकोषको रकम लिने मध्ये ७ जनाले बाख्रपालन, १० जनाले कुखुरापालन र ३ जनाले आरन व्यवसाय संचालन गर्ने छन् । समूहका अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सदस्य विष्णु शर्माले गरेका थिए भने सामुदायिक वन उपभोक्ता महसंघ, पर्वतका महासचिव देवि लामिछाने, सदस्य लालमती वि.क., कार्यक्रम अधिकृत गणेश पौडेल, समूहका सदस्य कृष्णबहादुर गुरुङ लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन