३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तेक्वान्दोमा शिवालय च्याम्पियन

२२ बैशाख २०७३, बुधबार ०८:३३

सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विद्यालय स्तरिय तेक्वान्दो प्रतियोगितामा शिवालय उच्च माध्यमिक विद्यालय च्याम्पीन बनेको छ । प्रतियोगितामा छात्र र छात्रा गरि कुल ६ स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धा शिवालय उमाविले ५ स्वर्ण जित्दै च्याम्पीयन बनेको हो । त्यसैगरी  आदर्श आवासिय मा.वि ले एक स्वर्ण प्राप्त गरेको थियो ।

शिवालयको तर्फबाट छात्रा ४२ के.जीमा आस्था शर्मा, ४४ के.जीमा सोनिया माफिले स्वर्ण हात पार्दै क्षेत्रिय प्रतियोगिताको लागि छनौट हुन सफल भए । त्यस्तै छात्रको तर्फबाट शिवालयका ४५ के.जीमा गणेश नेपाली, ४८ के.जीमा प्रकाश माझी र ५१ के.जीमा आशिष शर्माले स्वर्ण हात पार्दै क्षेत्रीय प्रतियोगिताका लागि छनौट भए ।

आदर्श मा.विको तर्फबाट ४६ के.जी छात्रमा प्रकृति अधिकारीले स्वर्ण हात पारी क्षेत्रीयको लागि छनौट भएको तेक्वान्दो राष्ट्रिय खेलाडी प्रशिक्षक तथा संयोजक भरत कुमार श्रेष्ठले जानकारी दिए । उक्त प्रतियोगिता बैशाख १४ देखि १६ सम्म शुरु भएको थियो भने छनोट प्रतियोगिता बैशाख ४ बाटनै शुरु भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट