४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संचारमाध्यमको विकाससँगै ब्यवस्थीत र मयार्दित हुनुपर्नेमा जोड

२५ बैशाख २०७३, शनिबार ०४:४२

नेपालको संचारमाध्यम र पत्रकारीताको विकास जसरी तिब्रगतिमा भैरहेको छ त्यसरीनै ब्यवस्थीत र मर्यादित हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय पत्रकारीता दिवसको अवसरमा शुक्रवार पर्वत सदरमुकाम कुश्मामा आयोजीत पत्रकारीताको विकास, वर्तमान अवस्था चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

मुलुकमा राणा शासन देखी प्रेस जगत भित्रीएको तर प्रजातन्त्रीक ब्यवस्थामा आएर मात्र निकै मौलाएको पत्रकारीता तथा संचारमाध्यमको विकास जसरी भएको छ त्यसरीनै ब्यवस्थीत हुँदै मर्यादित र संवेदनशीलताका विषयमा चुनौती खडा भएको वक्ताहरुको भनाई थियो । संचारमाध्यममा कार्यरत पत्रकारको श्रमजीवी ऐन सरकारले लागुृ गरेपनि कार्यान्यन पक्षमा कमजोर हुने अवस्था रहेको तथा पत्रकारको पेशागत शुरक्षामा समेत अझैपनि राज्यको ध्यानकेन्द्रीत हुन नसक्नु समस्याका रुपमा देखा परेको बताइएको छ ।

मुलुकमा खास गरी ४६ सालको जनआन्दोलन र विषेगरी ०६३ साल देखी पत्रकारीताको तिब्र विकास भएता पनि समाज रुपान्तरणका लागि अझ उल्लेखीय भुमिका निभाउन पत्रकारीताको खाँचो रहेकोमा जोड दिइएको थियो । मुलुकमा सयौं संख्यामा छापा तथा विद्युतीय संचारमाध्यम वृद्धि भएका र पछिल्लो समयमा सामाजिक संजालको विकास समेत उल्लेखीय भएता पनि समाजीक संजालको प्रयोगमा सरकारी नियमन एवं निगरानी बढि हुनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

राष्ट्रिय पत्रकारीता दिवस जिल्ला मुल समारोह समिति पर्वतको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष भोलानाथ शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक गंगा पन्त, पत्रकार महासंघका पुर्व अध्यक्ष ओम घायल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष मुरारी संगम, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य वैकुण्ठ गिरी, प्रेस सोसाईटिका राजवावु पिसी लगायत विभिन्न मिडियाका पत्रकार, संचारकर्मी, संघसंस्थाका प्रमुख, लागयतका थुप्रै वक्ताहरुले वोलेका थिए । अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तब्य पत्रकार महासंघका सचिव छविलाल तिवारीले र संचालन जिविसका सुचना अधिकृत तुल्सीराम पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’