२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संचारमाध्यमको विकाससँगै ब्यवस्थीत र मयार्दित हुनुपर्नेमा जोड

२०७३, २५ बैशाख शनिबार ०४:४२

नेपालको संचारमाध्यम र पत्रकारीताको विकास जसरी तिब्रगतिमा भैरहेको छ त्यसरीनै ब्यवस्थीत र मर्यादित हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय पत्रकारीता दिवसको अवसरमा शुक्रवार पर्वत सदरमुकाम कुश्मामा आयोजीत पत्रकारीताको विकास, वर्तमान अवस्था चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

मुलुकमा राणा शासन देखी प्रेस जगत भित्रीएको तर प्रजातन्त्रीक ब्यवस्थामा आएर मात्र निकै मौलाएको पत्रकारीता तथा संचारमाध्यमको विकास जसरी भएको छ त्यसरीनै ब्यवस्थीत हुँदै मर्यादित र संवेदनशीलताका विषयमा चुनौती खडा भएको वक्ताहरुको भनाई थियो । संचारमाध्यममा कार्यरत पत्रकारको श्रमजीवी ऐन सरकारले लागुृ गरेपनि कार्यान्यन पक्षमा कमजोर हुने अवस्था रहेको तथा पत्रकारको पेशागत शुरक्षामा समेत अझैपनि राज्यको ध्यानकेन्द्रीत हुन नसक्नु समस्याका रुपमा देखा परेको बताइएको छ ।

मुलुकमा खास गरी ४६ सालको जनआन्दोलन र विषेगरी ०६३ साल देखी पत्रकारीताको तिब्र विकास भएता पनि समाज रुपान्तरणका लागि अझ उल्लेखीय भुमिका निभाउन पत्रकारीताको खाँचो रहेकोमा जोड दिइएको थियो । मुलुकमा सयौं संख्यामा छापा तथा विद्युतीय संचारमाध्यम वृद्धि भएका र पछिल्लो समयमा सामाजिक संजालको विकास समेत उल्लेखीय भएता पनि समाजीक संजालको प्रयोगमा सरकारी नियमन एवं निगरानी बढि हुनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

राष्ट्रिय पत्रकारीता दिवस जिल्ला मुल समारोह समिति पर्वतको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष भोलानाथ शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक गंगा पन्त, पत्रकार महासंघका पुर्व अध्यक्ष ओम घायल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष मुरारी संगम, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य वैकुण्ठ गिरी, प्रेस सोसाईटिका राजवावु पिसी लगायत विभिन्न मिडियाका पत्रकार, संचारकर्मी, संघसंस्थाका प्रमुख, लागयतका थुप्रै वक्ताहरुले वोलेका थिए । अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तब्य पत्रकार महासंघका सचिव छविलाल तिवारीले र संचालन जिविसका सुचना अधिकृत तुल्सीराम पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन