घाइतेको उपचारमा सहयोग

Posted on: 07 May, 2016

गत बुधबार जंगलमा लागेको आगो निभाउने क्रममा गम्भिर घाइते भएका यहा“का एक युवाको उपचारका लागि पर्वत सेवा समाजले नगद सहयोग गरेको छ । पञ्चासे स्थित संरक्षित वनमा लागेको आगो निभाउने क्रममा गत १४ बैसाखमा भीरबाट ढुङ्गा पल्टिएर टाउकोमा गम्भिर चोट लागेका आर्थरडा“डाखर्क ६ का रबिन गुरुङलाई समाजका सदस्य हिमाली गुरुङको सक्रियतामा ६७ हजार छ सय रुपैया“ सहयोग गरिएको हो ।

गुरुङको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार हुन नसकेपछि मणिपालको सघन उपचार कक्षमा राखेर उपचार गराइएको आमा जालु गुरुङले बताइन् । उपचारका लागि कम्तिमा तीन लाख खर्च लाग्ने अस्पतालले जनाएपछि खर्च अभावमा आफन्तहरुले घर फर्काउन लागेका थिए । उपचारखर्च अभावमा फर्किन लागेको अवस्थामा समाजले दिएको सहयोगबाट निको हुने आश जागेको आमा जालुले बताइन् ।

प्रकोपपीडित उद्धार तथा राहत सम्बन्धि मापदण्ड २०६४ ले बिपतबाट घाइते भएकालाई राज्यले निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था भए पनि त्यो खर्च पाउन नसकिएको गुरुङका आफन्तले बताएका छन् । मापदण्डले सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने खर्च व्यहोर्ने भए पनि गुृरुङको उपचार सरकारीमा हुन नसक्ने भएपछि मात्रै मणिपाल लगिएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!