पर्वत, राष्ट्रिय पत्रकारीता दिवस जिल्ला मुल समारोह समिति पर्वतको आयोजनामा शनिवार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जिल्लामा रहेका क्रियाशिल पत्रकार र कर्मचारी मिलनकेन्द्र विच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता बारबरीमा टुंगिएको हो । पहिलो हाफमा १ गोल हान्दै अग्राता लिएको मिलनकेन्द्रलाई दोस्रो हाफ सकिन तीन मिनेट बाँकी रहदाँ पत्रकारले एक गोल फर्काएपछि खेल बारबरीमा टु्गिएको हो ।
पहिलो हाफमा गोल खाएको पत्रकारको समुहलाई दोस्रो हाफमा निकै दबाब परेको थियो । गोल गर्ने धेरै अबसरलाई फुत्काएता पनि पत्रकारहरुले अन्तत दोस्रो हाफमा भने गोल गरेर खेललाई बारबरीमा टुंगाए । पत्रकारको तर्फबाट हेमन्त आचार्यले गोल गरेका थिए । पत्रकारको लगातारको गोलपोष्टमा पारेको दबाबलाई मिलनकेन्द्रका गोल रक्षक इन्सपेक्टर दिपक पातलीले विफल पार्दै आएका थिए तर अन्त्यमा उनी पत्रकारको लगतारको गोलपोष्टमा परेको दबाबलाई थेक्न भने सकेनन् ।
पहिलो हाफमा पत्रकार तर्फका गोल रक्षक राजु पौडेलले उत्कृष्ठ गोल बचाउ गर्दा गर्दै पनि पहिलो हाफको अन्त्यमा हातबाट बल फुत्काए जसको फाइदा मिलनकेन्द्रले पायो । दोस्रो हाफमा पौडेले पनि उत्कृष्ठ बचाउ गरे । जसले गर्दा पनि खेल बारबरीमा टुङ्गीनको लागि सहज भयो ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालपनि खेल मैदानमा उत्रिए पहिलो हाफमा खेलमैदानमा प्रवेश गरेका झंकनाथ खेलमैदानमा भने लामो समयसम्म टिक्न भने सकेनन् । २० मिनेटसम्म उत्कृष्ठ खेलेका प्रजिअ झंकनाथ त्यसपछि भने बाहिर निस्कीए । प्रथम राष्ट्रिय पत्रकार दिवसको अबसरपारी जिल्लामा तीन दिनसक्म विविध कार्यक्रमको आयोजना गरीएको थियो ।
पहिलो दिन बैशाख २३ गते सरसफाई कार्यक्रम, दोस्रो दिन प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम र तेस्रो दिन मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरीएको थियो । प्रजिअ झंकनाथ ढकाललको अध्यक्षतामा गठन भएको राष्ट्रिय पत्रकारीता दिवस मुल समारोहमा आर्थिक सहयोग भने जिल्ला विकास समितिले गरेको थियो ।