Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारका विरुद्ध मिसन पत्रकारिता गर्ने चेतावनी

२०७६, ३१ बैशाख मंगलवार १५:५१

वैशाख ३१, डोटी | सरकारले ल्याउँन लागेको मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयक संसोधनको माग गर्दै प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र पठाएको छ । नेपाल प्रेस युनियनले देशब्यापी आन्दोलनका क्रममा ७७ वटै जिल्लाबाट ज्ञापनपत्र बुझउँने कार्यक्रम अन्तरगत डोटीमा पनि  जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र पठाईएको हो ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी यादव सुवेदी मार्फत डोटीमा क्रियाशिल तिन संगठनले संयुक्त रुपमा ज्ञापनपत्र पठाएको छ । नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष प्रकाश बम, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष झलक पाली र प्रेस सेन्टर नेपालका कार्यवाहक अध्यक्ष कर्णचन्द द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा विधेयक संसोधन नगरिए सकारका विरुद्धमा मिसन पत्रकारी शुरु गर्ने चेतावनी दिईएको छ ।

अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक र संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको आमसञ्चार विधेयकको मस्यौदाप्रति आपत्ति जनाउँदै डोटीका तिन संगठनले संयुक्त रुपमा ज्ञापनपत्र पठाएको हो । 


ज्ञापनपत्रमा स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वद्र्धन गर्ने नाममा सरकारले बनाउन लागेको नेपाल मिडिया काउन्सिल सम्वन्धि विधेयक र आमसञ्चार विधेयकको कतिपय व्यवस्थाको विषयमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपालको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

त्यस्तै, ज्ञापनपत्रमा लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चिता जस्ता विषयमा नेपालको संविधान २०७२ ले स्पष्ट व्यवस्था गरेको सन्दर्भमा देशकै मुल कानूनसँग बाझिने गरी आउने विधेयक स्वीकार्य नहुने उल्लेख छ ।

सरकारले ल्याउन अन्तिम तयारी रहेको विधेयकका व्यवस्थाहरुमा आफुहरुको गम्भीर असहमति रहेको बताउँदै ज्ञापन पत्रमा मन्त्रिपरिषदबाट पारित भइ संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्वन्धि विधेयक, संसदमा बिचाराधिन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक, सूचना प्रविधिका सम्बन्धमा ब्यवस्था गर्ने बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार विधेयक लगायत पाइपलाइनमा रहेका अन्य विधेयकमा गरिएको जरिवाना तथा क्षतिपूर्ती सम्वन्धि व्यवस्था नेपालको स्वतन्त्र पत्रकारीताको घाँटी थिच्ने, पत्रकारीतालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने तथा सत्ता र शक्तिमा रहेकाहरुको भक्तिगानमा पत्रकारीतालाई लैजाने नियत रहेको देखिएको छ । 

जिल्ला स्थित क्रियाशिल सबै पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल प्रेस युनियनका सचिव पवन महराले ज्ञापनपत्र पढेर सुनाएका थिए । संयुक्त रुपमा बुझाईएको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले उक्त ज्ञापन पत्र जस्ताको त्यस्तै मंगलबार नै प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई पठाउँने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै