२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिशूली–काठमाडौँ प्रसारण लाइनको परीक्षण शुरु

२०७६, १ जेष्ठ बुधबार ०६:५२

जेठ १, काठमाडौँ | त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि शुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमाडौँको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो । परीक्षण अवधि लगातार तीन दिन (७२ घण्टा) चल्ने छ । 

परीक्षणका लागि केन्द्रीय प्रसारण लाइनको विद्युत् प्रवाह गरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ६० मेगावाट क्षमताको थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भइसकेकाले उक्त आयोजनाको पहिलो युनिटमा लोड दिएर (विद्युत् उत्पादन) दुवै योजनाको संयुक्त परीक्षण गर्ने तयारीसमेत छ ।

प्रसारण लाइन निर्माणको जिम्मेवारी पाएको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुइ) का प्राविधिक विस्तार भएको खम्बा र तारमा स्थलगत रुपमा खटिएर परीक्षण शुरु गरेका छन् । परीक्षण अवधिमा विद्युतीय खम्बा, अर्थिङ्ग तार र विद्युतीय प्रसारण तारलगायत प्रसारण लाइनसँग सम्बन्धित संरचनाको दायाँबायाँ १५–१५ मिटर आसपासमा नजान आयोजनाले सूचना निकालेर सर्वसाधारणलाई सचेत गराएको छ ।

प्रसारण लाइनको परीक्षणमा खटिएका प्राविधिक (चिनियाँ नागरिक)को मङ्गलबार यहाँको लिखु गाउँपालिका–३ सूर्यमतीमा मृत्यु भएको थियो । परीक्षण अवधिमा प्रसारण लाइन आसपासको क्षेत्र ‘विद्युतीय सुरक्षाको दृष्टिकोणले जोखिम’ रहेको बताइएको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न विसं २०६८ फागुन १४ गतेदेखि निर्माण शुरु भएको २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणकार्य गत वैशाख १५ मा सम्पन्न भएको थियो ।

उक्त प्रसारण लाइनमा १४० खम्बा निर्माण गरिएको छ । यसैगरी प्रसारण लाइन निर्माणमा यस आयोजनाअन्तर्गत नेपालमा पहिलोपटक काठमाडौँको मातातीर्थदेखि केन्द्रीय प्रसारण लाइनको स्टेशनस्थलसम्म एक किमी दूरीमा विद्युतीय तार विस्तारको कार्य भूमिगत (अन्डरग्राउण्ड) गरिएको छ ।

उक्त प्रसारण लाइनमार्फत् नुवाकोट र रसुवाका दुई जिल्लामा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’मध्ये त्रिशूली–गङ्गासहित तादी र त्रिशूली करिडोरका सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गरिने नेपाल विद्युत् प्राधिकरणको योजना छ ।

उक्त प्रसारण लाइन निर्माणमा चीन सरकारको सहुलियत ऋण सहयोगमा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ । आयोजना निर्माणमा रु दुई अर्ब ५० करोड लागेको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने