२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा वृद्धको हत्या गरेको भन्दै पाँच प्रहरीविरुद्ध मुद्दा दायर

२०७६, १ जेष्ठ बुधबार ११:२१

जेठ १, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं ६ भकुडाका ७४ वर्षीय बृद्ध कमलाकान्त पन्तको प्रहरीको कुटाइबाट ज्यान गएको भन्दै ५ जना प्रहरी बिरुद्ध उनका आफन्तले मुद्धा दायर गरेका छन् ।

ईलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी नायब निरक्षक असोक बहादुर पालको नेतृत्वका खटिएको टोलीले वैशाख ३० गते अर्थात सोमबार साँझ राती पन्तको घरमै गएर कुटपिट गरी हत्या गरेको पारिवारिक स्रोतको दाबी छ । 

प्रहरीले नियन्त्रणमा लिएको एक घण्टामै कमलाकान्तको मृत्यु भएपछि प्रहरीमाथि हत्याको आरोप लगाइएको हो । घटनापछि कमलाकान्तका कान्छा छोरा प्रकाश कुमार पन्तले पाँच प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका छन् । मृतकका छोरा पन्तले घटनामा संलग्न इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी नायब निरक्षक पाल, ज्ञानसिहं धामी, टुकराम राना, दानसिहं भण्डारी र भुपेन्द्र महरा विरुद्ध उजुरी दिएका हुन् ।

मृतक पन्तका ४० वर्षीय छोरा लवदेव पन्तको सोमबार राती स्थानिय बजारमा पसल मालीक शान्ती पन्तसंग मदिरा सेवन गर्दा समान्य बिवाद भएको थियो । पसल मालिक शान्तीले ईलाका प्रहरी कार्यालय पाटनलाई खबर गरेपछि, पन्तलाई पक्राउ गर्न प्रहरी नायब निरक्षक पाल, ज्ञानसिहं धामी, टुकराम राना, दानसिहं भण्डारी र भुपेन्द्र महरा सहित ५ जनाको टोली राती १२ बजे पन्तको घर पुगेको आफन्त हरीदत्त पन्तले जानकारी दिए । 

उनले घट्ना स्थल पुगेका प्रहरी टोलीले मदिरा सेवन गरेको र लवदेव पन्तलाई बजारबाट घर आएर सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा मृतक बुवा कमलाकान्तले रोक्ने प्रयास गरेपछि प्रहरीले कुटपिट गरेको बताए । प्रहरीले एक्कासी थप्पड, मुक्का र डण्डा गरी कुटपिट गरेको र छोरालाई लिएर गएको दोस्रो बिहान कमलाकान्तको मृत शव भेटाएको स्थानियको भनाई छ । 

ज्यान मारेको आरोप लागेका प्रहरीमाथि अनुसन्धान प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीबिरुद्ध उजुरी दर्तापछि मृतक पन्तको शव पोष्टमार्टम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा