२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अभियान प्रभवाकारी गराउ

२०७३, २८ बैशाख मंगलवार ०२:४५

पर्वत जिल्ला पछिल्लो समयमा सचेत र सजग बन्दै गएको महसुस हुन थालेको छ । प्रजिअ झंकनाथ ढकालको नेतृत्वमा सफा कुश्मा अभियान संचालन भएसँगै जिल्लाको फोहोर व्यवस्थापनमा स्थानिय   सरोकारवाला निकाय सक्रिय र सजग बन्दै गएका छन् । स्थानियबासी सफा कुश्मा अभियानमा संलग्न हुदै आ–आफ्नो टोल, छिमेकलाई सफा बनाउनको लागि अभियान नै संचालन गर्न थालेका छन् । यसैबीच कुश्माबजारमा रहेको एकताचोक÷खत्रीटोल प्लाष्टिकमुक्त टोल घोषणा भएको छ । जून अभियानको सार्थकतामा जोडिएको विषय हो । स्थानिय स्तरमा रहेको एकता क्लबको सक्रियता र त्यहाँका अन्य दर्जनौ संघसंस्थाहरुले उक्त टोललाई प्लाष्टिकमुक्त घोषणा गरे जून जिल्लाभर अभियानको रुपमा संचालन गर्नुपर्ने अहिलेको आवश्यक छ ।

प्लाष्टिक जन्य पदार्थबाट वातवरणमा मात्रै नभई मानिवय जीवनमा समेत त्यसले नकरात्मक प्रभाव पार्दछ । प्लाष्टिकको दैनिक प्रयोगका कारण दैनिक जीवनमा असर पर्दै आएको छ । हरेक उपभोग्यमा प्रयोग हुने प्लाष्टिक यत्रतत्र फ्याँक्दा जलवायु परिर्वतनमा असर, माटोको   उर्वराशक्तिको क्षयिकरण, मानव स्वास्थ्यमा असर, वातावरण प्रदुषण हुने गर्दछ । प्लाष्टिक जन्य बस्तुको प्रयोग गर्न निरुत्साहीत गर्नको लागि पनि स्थानिय सरकोरवाला निकायले अभियाननै चलाउन आवश्यक छ । एक टोल र छिमेक मात्र प्लाष्टिक मुक्त घोषणा गरेर  औपचारिकता पुरा गरी जिम्मेवार निकाय त्यसमा अलग हुनु हुदैन ।

प्लाष्टिकको प्रयोगको सट्टा जैविक बस्तु तथा सामाग्रीको प्रयोग गर्नुपर्छ । प्रत्यके नागरीक तथा सेवाग्राहीले पनि सेवा लिने ठाउँमा वा पसलमा सामान खरिद गर्दा आफ्नै झोला ल्याउने र कागजी झोलाको प्रयोग गर्न सक्नुपर्छ ।टोलमात्रै औपचारिक रुपमा घोषणा हुदैमा प्लाष्टिक मुक्त घोषणा हुन सक्दैन यसलाई कार्यन्वयनमा ल्याउनको लागि सम्बन्धी निकाय सजग हुनुपर्छ र अभियानलाई अन्य टोलमा पनि    हस्तान्तरण गर्न सक्नुपर्छ ।

एकताचोक प्रजिअ ढकाललको अभियानमाबाट प्रेरित भएरनै प्लाष्टिक मुक्त घोषणा भएको हो । यो अभियानलाई अन्य टोल हुदै जिल्लाव्यापी रुपमा बनाउनु पर्छ । सफा कुश्मा अभियानलाई जिल्लाव्यापीकरण गर्दै लैजानुपर्छ तब मात्र जिल्ला सफा, स्वच्छ र शुन्दर हुनेछ । उक्त टोलको अनुसरण अन्य टोलमा पनि गर्दै जिल्लालाई नै प्लाष्टिक मुक्त जिल्ला घोषणा गर्नको लागि अभिप्रेरित हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन