४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

हेलिकप्टरमै मृत शिशुको जन्म

३ जेष्ठ २०७६, शुक्रबार ०३:४३

जेठ ३, रुकुम (पूर्व) (रासस) | रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिनुभएको छ । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ ।  

अझै पनि सडक सञ्जालमा जोडिन नसकेको उक्त ठाउँकी २० वर्षीया मल्ल रिवाङचौर स्वास्थ्यचौकी चारगाउँमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । मल्लको अहिले भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भइरहेको बताइएको छ । 

मल्ललाई सेनाको हेलिकप्टरमार्फत भेरी अञ्चल अस्पताल पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवनकुमार साहले बताउनुभयो । सुत्केरी व्यथा लागेको उहाँलाई वैशाख ३० गते मङ्गलबार स्वास्थ्यचौकी रिवाङचौरमा भर्ना गरिएको थियो । 

तीन दिनसम्म पनि सुत्केरी हुन नसकेपछि बिहीबार मात्र जिल्ला प्रशासन कार्यालयमा यो कुरा जानकारी हुनआएको र तुरुन्तै हेलिकप्टर बोलाई सुत्केरीको उद्धार गरिएको सहायक प्रजिअ साहले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ