२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीबाट ब्राउनसुगर र गाँजासहित तीन जना पक्राउ

३ जेष्ठ २०७६, शुक्रबार ०८:४१

जेठ, ३ नवलपरासी ।  पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित त्रिभुवन उच्च मावि चोकबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको    छ । 

पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–८ पिपरपाती बस्ने वर्ष २८ का काशिमअली मुसलमान,  वर्ष १९ का कुर्सेद मियाँ र वर्ष ३१ का तेजबहादुर कुर्मी रहेका छन् । उनीहरुको साथबाट एक ग्राम खैरो ब्राउनसुगर र नौ ग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । 

हराएको मोटरसाइकल धनीलाई

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले काठमाडौँबाट हराएको मोटरसाइकल फेला पारी बिहीबार सम्बन्धित मोटरसाइकल धनीलाई बुझाएको छ । कावासोती–२ स्थित प्रहरी टोलीले जाँचको क्रममा लु४४प ८९६७ नंको ३५० सिसीको बुलेट मोटरसाइकल छाडी भागेकाले शङ्का लागी नियन्त्रणमा लिएको थियो ।

 विसं २०७५ माघ १ गते काठमाडौँबाट हराएको भनी महानगरीय ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौँमा निवेदन परेको हुँदा उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने श्रीकृष्णराज कँडेलको भएको पुष्टि भएकाले सवारी धनीलाई जिम्मा लगाई पठाइएको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो । मोटरसाइकल चोरी गर्ने व्यक्तिको खोजतलास एवं अनुसन्धानकार्य जारी रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य