निशुल्क स्वास्थ्य शिविर

Posted on: 11 May, 2016

पर्वत, जिल्लाको दक्षिणभेगको फलेवासमा रहेको स्वास्थ्य केन्द्रमा दुइ दिने निशुल्क स्वास्थ्य शिविर सकिएको छ । आर्थिक अभावका कारण रोगको उपचार गर्न नपाएका ग्रामिण क्षेत्रका जस्तोसुकै रोगका विरामीको स्वास्थय परीक्षण गर्ने उद्देश्य सहित शिविरको आयोजना गरिएको उक्त स्वास्थय कार्यालयले जनाएको छ।

उक्त शिविरमा  हाडजोर्नी तथा नसा रोग, महिला सम्बन्धीका विभिन्न समस्याहरु, वालवाकिाका समस्याहरु लगाएत अन्य रोगका विरामीहरुको स्वास्थ्य परिक्षण गरीएको थियो ।  शिविरमा खानीगाउँ, देविस्थान, मुडिकुवा, लिमिठाना, संकरपोखरी, ठानामौला, कुर्घा वाच्छा, पाङराङ्ग छिमेकी जिल्ला बागलुङको कुस्मीसेरा, विनामारे अर्जेवा, लगाएतका गाविसका विरामीको स्वास्थ्य परिक्षण गरीएको थियो । एक हजार जनाले स्वास्थ्य लाभ लिएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!