Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सर्लाहीमा जीपको ठक्करबाट बाबु–छोराको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

<p><b>जेठ ४, सर्लाही&nbsp;&nbsp;।</b> मलङ्गवा–नवलपुर सडकखण्डको हरिपुर–४ हरैया चोकमा आज जीपको ठक्करबाट बाबु–छोराको मृत्यु भएको छ ।&nbsp;</p><p>&nbsp;नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको बा १९ च २५८८ नं को जीपले ठक्कर दिँदा हरिपुर–४ हरैयाका ४० वर्षीय जैसी राय र उनका १० वर्षीय छोरा लक्ष्मणको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिए ।&nbsp;</p><p>राय बाबु–छोरा भैँसी चराएर घर फर्किदै गर्दा जीपले ठक्कर दिएको हो । लक्ष्मणको घटनास्थलमै मृत्यु भएको थियो भने उनका बाबु जैसीको उपचारको क्रममा हरिवनमा मृत्यु भएको हो । जीप चालक लालबन्दी नगरपालिका–७ का २० वर्षीय शिवनारायण साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।&nbsp;<br></p>