२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एक करोडको लगानीमा महिला सेल्टर

२०७३, ३० बैशाख बिहीबार ०२:०६

महेन्द्र केसी, पर्वत, समाज र परिवारबाट पीडित र अपहेलित भई बाँच्न विवश महिलाहरुका लागि भनी पर्वतमा सेल्टर बन्ने भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतकी प्रनाउ गंगा पन्तको विशेष पहलमा स्थानीय सरोकारवाला निकायले साथ दिएपछि एक करोड २० लाखको लगानीमा महिला तथा बालबालिको लागि आश्रयस्थल तथा सेल्टर निर्माण हुने भएको हो ।

ganga panta

विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, क्लबले यतिबेला आर्थिक संकलनका लागि तिब्रता दिएका छन् । १२ कोठा र हलसहितको निर्माण हुने भनीएको तीन तले भवन निर्माणको लागि एक करोड २० लाख  खर्च लाग्ने अनुमान गरीएका छ ।  उक्त सेल्टर निर्माणको खर्च जुटाउनको लागि प्रनाउ पन्त लागी परेकी छिन् । हालसम्म २८ लाख रकम संकलन भएको प्रनाउ गंगाको भनाई छ ।

जिल्ला विकास समिति पर्वतले अभियानमा साथ दिदै १० लाख सहयोग गर्ने बताएको छ भने कुश्मा नगरपालिकाले पनि ५ लाख सहयोग गर्ने प्रतिबद्धता गरेको छ । त्यस्तै अन्य संघसंस्था र व्यक्तिबाट आर्थिक संकलन जारी भएको र हालसम्म २८ लाख बराबरीको आर्थिक रकम संकलन भएको प्रनाउ गंगाको भनाई छ । शारिरिक, मानसिक, बौद्धिक र संवेगात्मक रुपमा हिंसामा परेका बालबालिकालाई संरक्षण गरी राख्ने भवन नहुदाँ महिला प्रहरीको कोठामा राख्नुपर्ने बाध्यता भएको र अब सेल्टर निर्माण सम्पन्न भए लगत्तै यस्तो समस्या पनि समधान हुने प्रनाउ पन्तले जनाईन् ।

उक्त सेल्टर बडागाउँको नारी शिल्पकला केन्द्रको नजिक रहेको सार्वजानिक जग्गामा हुने र आवश्यक परे उक्त केन्द्र तथा संस्थाको नाममा रहेको जग्गा पनि उपभोग गर्ने बताइएको छ । सेल्टर निर्माणको लागि यतिबेला कुश्मा बजारमा बहसको विषय बनेको छ । पर्वत जिल्लामा अन्याय तथा पीडामा परेका महिलाहरुको सुरक्षाको लागि सेल्टरको आवश्यकता महसुस प्रनाउ पन्तले गरेपछि सेल्टर निर्माणको लागि उनले बहसको विषय बनाईन् । त्यसमा प्रजिअ झंकनाथ ढकालले पनि सरोकारवाला निकायसँग समन्वय गर्नको लागि दिशानिर्देशन दिए र सोही अनुसार अभियानले तिब्रता पाएको छ । सेल्टर निर्माणको लागि हातेमालो गर्नको लागि सांसद देखि संघसस्था हुदै व्यक्ति सम्म जाग्न थालेका छन् ।

प्रनाउ पन्तको एक महिनाको तबल सेल्टरलाई
प्रनाउ गंगाले नेपाल सरकारले आफ्नो पारिश्रमिक स्वरुप दिने एक महिनाको तबल बराबरको रकम उक्त सेल्टर निर्माणमा सहयोग गर्ने भएकी छिन् । तबलबापत प्राप्त गर्ने रकम मध्ये २० हजार रुपैयाँ सेल्टरको लागि सहयोग गर्ने उनले प्रतिबद्धता गरेकी छिन् । सेल्टर निर्माणको लागि सरकारी तथा निजामति कर्मचारीबाट सहयोग गर्नेमध्येमा पनि उनी पहिलो बनेकी छिन् ।

सरकारकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुखहरुले सेल्टर निर्माणको लागि हातेमालो गर्ने बताएता पनि आफ्नो पारिश्रमिक स्वरुप पाउने रकम वा अन्य व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने बताउन सकेका छैन । गंगाले आफ्नो तलब पनि सेल्टर निर्माणमा सहयोग गर्ने बताएपछि उनीभन्दा माथिल्लो तह र सरकारी निकायका प्रमुखहरुलाई दबाब परेको छ तर उनीहरु बोल्न भने सकेका छैनन् ।

आचार्यको संयोजकत्वमा २९ सदस्यीय कार्यसमिति
सेल्टर निर्माण कार्यलाई प्रभावकारी गराउनको लागि र तोकिएको समयमानै सेल्टर निर्माण सम्पन्न गर्नको लागि २९ सदस्यीय कार्यसमिति समेत चयन गरीएको छ । लोकनाथ आचार्यको संयोजकत्वमा उक्त कार्यसमिति निर्माण गरीएको हो । समितिको उपाध्यक्षमा मानकुमारी गिरी, सचिवमा दुर्गा पाण्डे पन्त, कोषाध्यक्षमा कमलनाथ पोख्रेल, सहसचिवमा टंक लामिछाने रहेका छन् ।

त्यसैगरी अन्य सदस्यहरुमा राजु पौडेल, होम नारायण श्रेष्ठ, बलराम कर्मचार्य, हिम बहादुर क्षेत्री, रामचन्द्र जोशी, गोविन्द पहाडी, सरस्वती जिज्ञासु, सरस्वती भण्डारी, तुप्ला शाक्य, अच्युत तिवारी रहेका छन् त्यसैगरी भोलानाथ शर्मा, तोयानाथ चालिसे, सिता केसी, विषम श्रेष्ठ, सरिता भण्डारी सरु, शंकर गिरी रहेका छन् । अन्यमा  पत्रकार महासंघ, पर्वत उद्योग बाणिज्य संघ, नेपाल बार ऐसोसियसन, इन्सेक, गैसस महासंघ, गैसस महासंघ लोकतान्त्रिक, संचारिका समुह, संजाल नागरिक सचेतना केन्द्रका प्रमुख तथा प्रतिनिधि सदस्य हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी